default_image

5 years ago

October 25, 2020

पीएसजीको जितमा एमबाप्पे र किनको दुई गोल

204 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनका इटालियन फरवार्ड मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली लिगको पुछारमा रहेको डिजोन ४-० ले पराजित भएको छ ।

प्रिमियर लिग क्लब एभर्टनबाट लोनमा पीएसजी पुगेका किनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । मिचेल बेकरको क्रसलाई भलीमा गोल गर्दै किनले गोल गरेका थिए । २३ औं मिनेटमा नेयमारले सिर्जना गरेको उत्कृष्ट मुभमा गोल गर्दै किनले स्कोर २-० बनाए । त्यसअघि नेयमारको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

खेलको ७३ औं मिनेटमा किनले बल क्लियर गर्ने क्रममा चोट बोकेपछि मैदान छाडेका थिए । तर उनको स्थानमा मैदान प्रवेश गरेका किलीयन एमबाप्पेले अन्तिम १० मिनेटमा दुई गोल गर्न सफल रहे ।

८२ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै एमबाप्पेले ३-० को अग्रता दिलाए । लगत्तै ८८ औं मिनेटमा पाब्लो सराबियाले दिएको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे ।

लिगको सुरुवाती दुई खेलमा हार बेहोरेको पीएसजीले त्यसपछि भने लय समात्दै शीर्षस्थानमा उक्लिएको छ । पीएसजीको ८ खेलमा १८ अंक छ भने दोस्रो स्थानको लिलले ७ खेलमा १७ अंक जोडेको छ । डिजोनको भने ८ खेलमा २ अंक मात्र छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.