default_image

5 years ago

October 25, 2020

रियलको जितमा रोनाल्डोको खुसी

188 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिडले बार्सिलोनाको मैदानमा ३-१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लियो ।

रियलको जितमा फेडे भालभेर्डे, सर्जियो रामोस र लुका मोड्रीचले १-१ गोल गरे । अन्सु फातीले पहिलो हाफको सुरुवाती समयमा नै बार्सिलोनालाई बराबरीमा ल्याएपनि उक्त गोल अंक जोड्न पर्याप्त रहेन । भीएआरबाट प्राप्त रामोसको पेनाल्टी र लुका मोड्रीचको अन्त्यतिरको गोलमा रियल जित दर्ता गर्न सफल रहयो ।

रियल यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लियो । लगातार दुई खेल हारेपछि दबाबमा रहेको रियल यस जितले लयमा फर्किएको अपेक्षा गर्न सकिन्छ । बार्सिलोनाविरुद्ध सम्हालिएको प्रदर्शन गर्दा कप्तान रामोसको पुनरागमनले पनि रियललाई फाइदा पुगेको थियो ।

रियलको जित लगत्तै पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममार्फत जितको खुसी मनाए । उनले क्याप्सनमा ‘सीSSSS’ लेख्दै रियलको जितको खुसी साटेका थिए । रोनाल्डो रियल म्याड्रिडमा रहँदा नै आफ्नो गोलको सेलेब्रेसन गर्ने क्रममा यसो गर्दथे । रियल छाडेपनि उनको क्लबसँग सम्बन्ध सुमधुर रहेको छ ।

View this post on Instagram

Siiiiiiiiiii💪🏽

A post shared by Cristiano Ronaldo (@cristiano) on

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.