default_image

5 years ago

October 25, 2020

‘भीएआर बार्सिलोनाको विरुद्ध मात्र प्रयोग’ – कोम्यान

195 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले एल क्लासिकोमा हार बेहोरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बार्सिलोनाको विरुद्धमा निर्णय लिन मात्र प्रयोग गरिने आरोप लगाएका छन् ।

शनिबार एल क्लासिकोमा रियल म्याड्रिडविरुद्ध ३-१ को हार बेहोर्दा खेलमा भीएआर नै टर्निङ प्वाइन्ट बन्यो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा रेफ्रीले भीएआरको सहायता लिएर दिएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरेपछि रियल अग्रता लिन सफल रहेको थियो । बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेङलेटले रामोसको जर्सी तानेपछि रेफ्रीले भीएआरको सहायतामा पेनाल्टी दिएका थिए ।

यता बार्सिलोनाको भने दुई पटक पेनाल्टी पाउने सम्भावना भीएआरले नकारेको थियो । राफेल भारानले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाउँदा र भारानकै हातमा बलले लाग्दा रेफ्रीले भीएआरमार्फत निर्णय रियलको पक्षमा दिए । कोम्यानले खेलपछि बोल्दै भीएआरले निर्णय दिंदा बार्सिलोनाको विरुद्ध मात्र लिएको आरोप लगाए ।

‘म भीएआर बुझ्न सक्दिन । मलाई लाग्छ यो बार्सिलोना विरुद्ध निर्णय लिन मात्र प्रयोग गरिन्छ । पेनाल्टी क्षेत्रभित्र जर्सी तान्नु सामान्य नै हो । तर त्यसबेला रामोसले पहिला फल गरेको भने देखिएन । रामोसले लडेको तरिका हेर्दा पनि मेरो लागि त्यो पेनाल्टी होइन ।’

‘हामीले हालसम्म ५ खेल खेल्यौं र हरेक पटक निर्णय हाम्रो विरुद्ध नै गएको छ । हाम्रो तर्फमा निर्णय भइरहेको छैन । उक्त निर्णयले नतिजामा पनि असर गर्यो । हामी पेनाल्टी नहुँदासम्म राम्रो खेलिरहेका थियौं,’ कोम्यानले भने ।

यता कप्तान रामोसले भने पेनाल्टी दिने निर्णय सहि रहेको अभिव्यक्ति दिए । ‘ त्यो क्लियर पेनाल्टी नै थियो । म बलको लागि उफ्रन खोज्दा मलाई तानिएको थियो । यसो पक्का पेनाल्टी निर्णयमा पनि रेफ्रीको आलोचना गर्न्नु ठिक होइन,’ रामोसले भने ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.