5 years ago
October 25, 2020
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको विभिन्न कारणले चर्चामा रहने गरेको छ । गोल गर्नेको चर्चा त स्वभाविक रुपमा हुन्छ नै । तर, बार्सिलोनाका कप्तान लोओनल मेस्सीले गोल गर्न नसक्दा पनि त्यत्तिकै चर्चा हुने गरेको छ ।

मेस्सी फेरि एक पटक रियल विरुद्ध गोल गर्न असफल भएका छन् । रियलविरुद्ध उनले पछिल्ला ७ खेलमा गोल गर्न सकेका छैनन् । अन्सु फातीले बार्सिलोनाका लागि एक मात्र गोल गरेको शनिबारको एल क्लासिकोमा रियल ३–१ ले विजयी भएको थियो ।
मेस्सीले पछिल्लो पटक रियलविरुद्ध सन् २०१७-१८ ला लिगा सिजनको ३६ औ म्याच डेमा २–२ को बराबरीमा गोल गरेका थिए । त्यसको अर्थ क्रिस्टियानो रोनाल्डोले रियल छाडेर युभेन्ट्स गएयता मेस्सीले रियलविरुद्ध गोल गर्न सकेका छैनन् ।
जारी सिजनमा मेस्सीले ला लिगामा १ गोल मात्र गरेका छन् । भिल्लारियलविरुद्ध सिजनको पहिलो खेलमा मेस्सीले गोल गरेका थिए । त्यसयताका लिग खेलमा उनले गोल मात्र गर्न नसकेका होइनन् एसिस्ट पनि गरेका छैनन् । मेस्सीको यस्तै खराब प्रदर्शन २०१४ मा पनि भएको थियो ।
गत सिजनको अन्त्यतिर नै क्लबसँगको मेस्सीको असमझदारी बढेको थियो । ला लिगा रियलले जित्नु र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को पराजय पछि क्लब र मेस्सीबीचको तिक्तता झनै बढेको थियो । त्यसका कारण ३३ वर्षे फरवार्डले बार्सिलोना छाड्न चाहेका थिए । तर, बार्सिलोना त्यसका लागि तयार नभएपछि सम्झौताको अन्त्यसम्म बस्नका लागि मेस्सी राजी भएका थिए ।
क्लब जिम्मेवारीमा भन्दा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट भने मेस्सीको प्रदर्शन सन्तोषजनक रहेको छ । यो सिजन अर्जेन्टिनाका लागि २ खेलमा उनले १ गोल गरेका थिए । यसै महिना विश्वकप छनोटमा उनले इक्वेडरविरुद्ध गोल गरेका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]