default_image

5 years ago

October 26, 2020

बार्सिलोनाद्वारा रेफ्रीको आलोचना

160 views

0 Bookmark

एजेन्सी – ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले शनिबार पाँचौं खेल खेलेको थियो । तर सिजनको छोटो समयमा बार्सिलोनाले रेफ्रीको भुमिकालाई लिएर प्रश्न खडा गरेको छ ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानदेखि टोलीका खेलाडीले समेत शनिबार रियल म्याड्रिडसँगको एल क्लासिका दिइएको पेनाल्टीका विषयमा रेफ्रीको आलोचना गरेका थिए । क्लेमेन्ट लेन्गलेटको फाउलमा रेफ्रीले रियललाई पेनाल्टी दिएका थिए ।

पेनाल्टी बक्समा रियलका कप्तान सर्जियो रामोसको टि सर्ट तानेर फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । खेलका दौरान भने रेफ्री जुवान मार्टिनेज मुन्यइरा पेनाल्टी दिएका थिएनन् । घटनालाई मैदानमा छेउमा रहेको मोनिटरमा हेरेपछि रेफ्रीले पुरानो निर्णय बदल्दै पेनाल्टी दिने निर्णय लिए । विवादको कारण त्यहि रह्यो ।

खेल १–१ को बराबरीको अवस्थामा रहेको खेलमा प्राप्त पेनाल्टीलाई रामोसले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टीको त्यो निर्णयमा बार्सिलोना खेमामा भने चर्को असन्तोष देखिएको थियो । मैदान बाहिर वा भित्र रेफ्रको भुमिका आलोचनामा पर्यो । खेलपछिको पत्रकार सम्मेलनमा पनि रेफ्रीको आलोचनाले निरन्तरता पाएको थियो ।

‘मैले रेफ्रीलाई पनि भने । भिएआरले स्पेनमा कसरी काम गर्छ आशा गरौं कसैले मलाई त्यसको बारेमा जानकारी दिनेछ,’ कोम्यानले भने, ‘हामीले ५ खेल खेल्यौं । भिएआर बार्सिलोनाका विरुद्ध मात्र आएको छ । पक्षमा कहिल्यै छैन ।’

कोम्यान त्यतिमा रोकिएनन्, ‘सेभिल्लाविरुद्धको खेलमा लोओनल मेस्सीसँगको फाउल पेनाल्टी थिएन ? वा गेटाफेविरुद्ध २ रेड कार्ड थिएन ? बार्सिलोनाकाविरुद्ध मात्र किन भिएआर भनेर मैले उनलाई सोधे । त्यो पेनाल्टी नै खेलको निर्णायक क्षण रह्यो ।’

बार्सिलोनाका सर्जियो बुस्क्वेटले पनि रेफ्रीको भुमिकाको आलोचना गरे । ‘धेरै खेलमा पेनाल्टीकै कारण फरक परेका हुन्छन् । एउटा रियल बेट्सिविरुद्धको खेल स्पष्ट दिमागमा आउँछ,’ उनले भने, ‘उनीहरु भन्दा निष्पक्ष खेल खेलाइएको छ र सबैले त्यो निर्णय मान्नुपर्छ । तर मलाई लाग्छ उनीहरुलाई आज हामीलाई धेरै सजाय दिए ।’

क्याटलान सन्चारमाध्यमले पनि रेफ्रीको आलोचना गर्दै शीर्षक राखेका छन् । ‘भिएआरले बार्सिलोनाबाट क्लासिको खोस्यो ।’ ‘ क्याप नोउमा बार्सिलोनाविरुद्ध विवादस्पद जिते,’ मुन्डो डिपोर्टिभोले लेखेको छ ।

खराब सुरुवात

बार्सिलोनाले सिजनको सुरुवात सन्तोषजनक गर्न सकेको छैन । ला लिगाका पछिल्ला ३ खेलमा टोली जित विहिन छ । पछिल्ला प्रदर्शनमा टोलीमा सकारात्मक पक्ष देखिएको छैन । ला लिगाका ५ खेल सकिदा टोलीले ७ अंक मात्र जोडेको छ । बार्सिलोना अंक तालिकाको १२ औं स्थानमा छ । एक खेल बढी खेलेको साविक विजेता रियलको भन्दा बार्सिलोनाको ६ अंक कम छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.