default_image

5 years ago

October 26, 2020

रोनाल्डोबिना युभेन्टस बराबरीमा रोकियो

142 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए मा गरेको कमजोर सुरुवातको सिलसिला आइतबार पनि कायम रहेको छ । घरेलु मैदानमा युभेन्टस हेल्लास भेरोनासँग १-१ को बराबरीमा रोकियो ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहँदा टोलीको आक्रमण सम्हालेका स्पेनिस फरवार्ड अल्भारो मोराटाले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । भीएआरको सहायता लिँदा अफसाइड देखिएपछि युभेन्टस अघि बढ्न सकेन । सुरुवाती ४ मध्य २ खेलमा बराबरी खेलेको युभेन्टस ६० औं मिनेटमा पछि पर्यो ।

आन्द्रीए फभिलीले ६० औं मिनेटमा गोल गर्दै भेरोनालाई अग्रता दिलाए । तर डेजान कुलुसेभ्सकीले खेलको ७७ औं मिनेटमा बराबरी गोल फर्काए । मोराटाको पास लिएर उत्कृष्ट मुभ बनाएका उनले आफैं गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । थप गोल हुन नसक्दा दुवै टोली १-१ अंक बाँड्न पुगे ।

क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण टोलीबाहिर रहँदा लिगमा युभेन्टसले लगातार दोस्रो खेलमा जित हासिल गर्न सकेन । अघिल्लो साता टोली क्रोटोनेसँग पनि १-१ कै बराबरीमा रोकिएको थियो । आइतबार भेरोनाविरुद्ध पाउलो डिबालाले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

यस बराबरीसँगै लिगमा अपराजित रहेपनि युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । युभेन्टसको ५ खेलमा ९ अंक छ । शीर्षस्थानको एसी मिलानले ४ खेलमा ४ जितसहित १२ अंक जोडेको छ । हेल्लास भेरोना ५ खेलमा ८ अंकसहित आठौं स्थानमा छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.