5 years ago
October 27, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युवा फरवार्ड केलियन एमबाप्पलेको सम्झौता थपलाई उच्च प्राथमिकतामा राखेको छ । लिग वान च्याम्पियन टोलीले लियोनार्दोमार्फत एमबाप्पेलाई मनाउने प्रयास गरिरहेको छ ।

एमबाप्पेको निरन्तरताका लागि क्लबले लियोनार्दोमाथि दबाब बढाइरहेको बताइएको छ । एमबाप्पेको क्लबसँगको अहिलेको सम्झौता भने सन् २०२२ सम्म रहेको छ । फ्रान्सेली सन्चारमाध्यमले जनाए अनसार क्लब र खेलाडीबीच सम्झौता नविकरणका लागि एक पटक छलफल भएको छ । तर, छलफल भने जटिल देखिएको छ । पिएसजीले २०२२ भन्दा लामो समय सम्म सम्झौता गर्नका लागि हरसम्भव प्रयास गर्नेछ ।
विश्व फुटबलकै प्रभावशाली खेलाडी मध्ये एक रहेका एमबाप्पे भने रियल म्याड्रिड जान सक्ने अनुमान गरिएको छ । प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलले पनि एमबाप्पले माथि चासो देखाइरहेको छ ।
पिएसजी सहमतिमा पुग्न आतुर देखिएको छ । तर, गत साता भएको पहिलो छलफलमा भने सम्झौता नविकरण हुनेमा क्लब कम आशावादी रहेको बताइएको छ । एमबाप्पले क्लबको भविष्य योजनालाई चासोपुर्वक हेरेपनि थोमस टुचेलको परिस्थिका कारण उनी त्यति सन्तुष्ट भने छैनन् ।
भावी योजना सन्तोषजनक हुन सकेको खण्डमा भने परिस्थिति पिएसजी अनुकुल हुन पनि सक्दछ । एमबाप्पेको परिवारले भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोलीमै निरन्तरता चाहेको देखिन्छ ।
क्लबसँगको छलफल एकतिर चलिरहँदा एमबाप्पे भने मैदानमा केन्द्रित छन् । यो सिजन लिग वनका ५ खेलमा उनले ६ गोल गरिसकेका छन् । मेन्ट्जका इब्राहिम नेइनेसँगै एमबाप्पे संयुक्त रुपमा उच्च गोलकर्ता रहेका छन् ।
मेन्ट्ज भन्दा एक खेल कम खेलेको पिएसजी १८ अंक शीर्ष अंक तालिकोको शीर्षस्थानमा छ । लिग वानको जारी सिजनमा अपराजित टोलीका रुपमा लिल रहेको छ । लिलको पनि पिएसजीकै बराबर अंक छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]