default_image

5 years ago

October 27, 2020

हाजार्ड च्याम्पियन्स लिग टोलीमा समावेश

195 views

0 Bookmark

जेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचसँग मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलका लागि रियल म्याड्रिडले २१ खेलाडीको नामावली सार्वजनिक गरिसकेको छ । जर्मन भ्रमण टोलीमा इडन हाजार्डलाई पनि समावेश गरिएको छ ।

बेल्जियन स्टारले नयाँ चोटका कारण जारी सिजनमा कुनै पनि खेल खेलेका छैनन् । रियल आएयता नै उनी पटक पटक चोटका कारण टोली बाहिरै रहँदै आएका छन् । जसका कारण अघिल्लो सिजन उनले २२ खेल मात्र खेलेका थिए ।

हाजार्डले आइतबार टोलीका अन्य सदस्यसँग अभ्यास गरेका थिए । शनिबार एल क्लासिकोमा बार्सिलोनालाई ३–१ ले हराएको भोली पल्ट रियल च्याम्पियन्स लिगको तयारीमा जुटेको थियो । अभ्यासमा सामेल भएका हाजार्ड २१ सदस्यीय टोलीमा आटेका छन् ।

राइट ब्याक डानी कार्भाजाल र अल्भारो ओर्डियोजोला मंगलबार खेलमा हुने छैनन् । राइट डिफेन्सका मुख्य वैकल्पिक नाचो पनि २१ सदस्य टोली छैनन् । मार्टिन ओडेगार्ड र मारियानोलाई चोट कारण टोलीमा समावेश गरिएको छैन ।

मोन्चानग्लाडवाचसँगको खेलका लागि रियलले जारी गरेको २१ खेलाडीको सुची

थिबाउट कोर्टुवा, एन्ड्री लुनिन, डिएगो अल्टुबे, एडर मिलिसाओ, सर्जियो रामोस, राफेल भेरान, मार्सेलो, फेर्लान्ड मेन्डी, सान्तोस, टोनी क्रुस, लुका मोड्रिच , कासिमेरो, फेडे भालर्भेर्डे, इस्को, इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, लुकास भाज्क्वेज, लुका जोभिच, भिनिसियस, रोड्रिगो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.