default_image

5 years ago

October 27, 2020

रोनाल्डिन्होलाई कोरोना संक्रमण

132 views

0 Bookmark

एजेन्सी – बार्सिलोना तथा ब्राजिलका पुर्व स्टार रोनाल्डिन्होलाई कोरोना संक्रमण भएको छ । तर उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । ४० वर्षे पुर्व मिडफिल्डर अहिले ब्राजिलमै छन् । बेलो होरिजोन्टेमा उनी अनिवार्य सेल्फ आइसोलेसनमा बसेका छन् ।

‘म हिजो देखि बेलो होरिजोन्टेमा छु । एउटा कार्यक्रममा भाग लिन म यहाँ आएका हु । मलाई कोरोना पाजेटिभ देखिएको छ,’रोनाल्डिन्होले सामाजिक सन्जालमा सोमबार लेखेका छन्, ‘म ठीक छु । मलाई कुनै लक्षण देखिएको छैन । तर हामीले केहि दिनका लागि कार्यक्रम सारेका छौं । हामी चाडै सँगै हुनेछौं ।’

सन् २०२० रोनाल्डिन्होका लागि उतार चढावपुर्ण रह्यो । विश्व कप विजेतालाई यो वर्ष सुखद हुन सकेन । पाराग्वेमा झन्डै ५ महिना उनी नजरबन्दमा रहेर अगष्टमा छुटेका हुन् । जाली पासपोर्ट बोेकेको आरोपमा आफ्ना दाईसँगै उनी पक्राउ परेका थिए ।

१ सय ७१ दिनको नजरबन्दमा उनी ३१ दिन जेलमा बसेका थिए । त्यसपछि उनलाई पाराग्वेको एक होटलमा बस्ने अनुमति दिएको थियो । ५ महिनापछि मात्र उनी त्यहाँबाट मुक्त भएर स्वदेश फर्केका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.