default_image

5 years ago

October 27, 2020

सदाबहार मोड्रिच

145 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले यो सिजनका अन्त्यमा दुई महत्त्वपूर्ण खेलाडी सर्जियो रामोस र लुका मोड्रिचका बारेमा निर्णय गर्नुपर्ने हुन्छ । क्याम्प नोउमा शनिबार गोल गरेपछि दुई खेलाडीको महत्त्व झन् बढेको छ ।

फ्लोरेन्टिनो पेरेजले भित्राएका क्रोएसियन खेलाडीले रियलका लागि ३ सय ५० खेल खेलिसकेका छन् । मोड्रिचले यसै साता बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । जुन महिनामा सम्झौता सकिँदा उनलाई जान दिनु सम्भवत क्लबको गल्ति हुनेछ ।

३५ वर्षे खेलाडीले रियलमा आफु खुसी रहेको र त्यहि क्लबमा रहन चाहेको बताएका छन् । उनले सबै पक्षलाई हुने गरि निर्णय गर्ने बताएका छन् । मोड्रिचले पटक पटक रियलमै रहन चाहेको र रियलकै खेलाडीका रुपमा बुट थन्काउन चाहेको बताएका थिए ।

समयमा सम्झौता सकिएपछि जनवरी १ बाट उनले जुनसुकै क्लबसँग पनि छलफल गर्न सक्नेछन् । तर उनको प्राथमिकतामा भने रियल नै रहेको छ । ‘रियलमा मेरो सम्झौता यो वर्ष बाँकी छ । त्यसपछि के हुन्छ हेरौं । म यहाँ खुसी छु । म अझै अर्को वर्ष खेल्न चाहन्छ,’ उनले भने, ‘इमान्दारीपुर्वक भन्दा कहाँ हेर्ने हेर्दै जाँउ, मैले यो विषयमा धेरै सोचेको छैन ।’

मोड्रिचले आफु यो सिजन के उपलब्धी गर्न सकिन्छ त्यसमा बढी केन्द्रित रहेको बताएका छन् । ‘मुख्य लक्ष्य आफ्नो प्रदर्शन सुधार्ने हो । त्यसपछि बोर्ड र हामी बस्नेछौं र सबैलाई उपयुक्त हुने समाधान खोजिनेछ, उनले थपे, ‘मैले यहाँ ८ वर्ष बताइसकेको छ । यो अबधी मेरो लागि अर्थपुर्ण रह्यो । क्लबमा मेरो सबैसँग सम्बन्ध राम्रो छ । जे हुन्छ त्यसमा कुनै समस्या छैन ।’

क्लासिकोमा मोड्रिच परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । बोलोन डि ओर विजेता समेत रहिसकेका मोड्रिचले आफुमाथि गरेको विश्वासलाई उनले खेर जान दिएनन् । रियल मोड्रिचका विषयमा प्रष्ट हुन नसकेपनि उनी भने निरन्तरताका लागि तयार छन् । सिजनको अन्त्यसम्ममा अर्को निर्णय हुने सम्भावना एकतिर छ भने अर्को तिर उनी आशावादी छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.