default_image

5 years ago

October 27, 2020

बार्सिलोनामा समस्याका कारण

159 views

0 Bookmark

एजेन्सी – बार्सिलोना त्यो क्लबमध्य पर्दछ जसले हरेक खेल जित्ने आशा गरिन्छ । तर, त्यस्ता क्लबमा सानो गल्तिले पनि क्लबको सफलता फरक पर्न सक्दछ । लगातारको खराब नतिजाले क्लबमा संकटकाल नै आउन सक्दछ ।

अहिले बार्सिलोनाको अवस्था त्यहि छ । ला लिगाका पछिल्ला ३ खेलमा २ खेलमा पराजित भएको रियल सबैभन्दा महत्त्वका साथ हेरिएको रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा बार्सिलोना पराजित भयो । मैदान बाहिर र भित्र बार्सिलोनाले गरिरहेको संघर्षका बारेमा यहाँ केहि चर्चा गरिएको छ ।

नतिजा

रोनाल्ड कोम्यानले बार्सिलोनामा राम्रो सुरुवात गरेका थिए । सिजनका सुरुवाती दुई खेलमा बार्सिलोनाले भिल्लारियल र सेल्टा भिगोलाई सहजै हराएको थियो । त्यसपछि सेभिल्लासँगको खेलमा बराबरी खेलेको काटलान टोली गेटाफेसँग पराजित भएको थियो ।

त्यसपछिको अर्को खेलमा आफ्नै मैदानमा रियलसँग पराजित भएपछि टोलीको मनोबलमा स्वभाविक रुपमा धक्का लागेको छ । ला लिगाका पछिल्ला ३ खेलमा टोलीले जित हासिल गर्न सकेको छैन ।

प्रदर्शनमा एकरुपता नहुनु

बार्सिलोनाले मानसिकतामा परिवर्तन गर्ने संकेत गरेको छ । तर, त्यसका लागि प्रशिक्षक र खेलाडीबीच समन्वयको बढी आवश्यकता पर्दछ । कोम्यानले आफ्नो नयाँ शैलीका बारेमा खेलाडीलाई बुझाउनुपर्ने हुन्छ । तर, अहिलेको अवस्थामा उनीहरुले चाहे जस्तो आइरहेको छैन ।

एल क्लासिको

एल क्लासिको रियल र बार्सिलोना दुवैका लागि नतिजाका हिसाबले मात्र नभै प्रतिष्ठाका हिसाबले पनि बढी अर्थ राख्दछ । तर, ला लिगाको पहिलो क्लासिकोमा पराजित भएपछि बार्सिलोना केहि पछि परेको छ । यो हार खेलाडीको मानसिकतामा पनि प्रभाव पार्नेछ ।

मेस्सीको लय

कप्तान लिओनल मेस्सीको फर्म बार्सिलोनाका लागि सबैभन्दा बढी अर्थपुर्ण हुन्छ । मेस्सीले फर्ममा हुँदा टोलीले सफलता पाउने सम्भावना बढी रहन्छ । अर्जेन्टिनी सुपरस्टारले राम्रो प्रदर्शन गर्न नसक्दा त्यसले टोलीमा असर पर्नेगर्छ । यो सिजन उनले ला लिगामा १ गोल मात्र गरेका छन् । उनी पुरा लयमा देखिएका छैनन् ।

ग्रिजमनको पर्खाइ

बार्सिलोनाले उच्च अपेक्षाका साथ गत बर्ष एन्टोनी ग्रिजमनलाई भित्राएको थियो । ग्रिजमनलाई यो सिजन कोम्यानले राइट विङ्सबाट खेलाइरहेका छन् । तर उनको प्रदर्शन भने सन्तोषजनक हुन सकेको छैन । जसले गर्दा कोम्यानमाथि पनि दबाब बढेको छ ।

आन्तरिक द्वन्द्व

बार्सिलोनाको बोर्डमाथिको खेलाीको विश्वास पनि डगमगाएको छ । त्यसमा पनि खास गरि मेस्सीको सम्बन्ध क्लबसँग सहज छैन । अन्य खेलाडीको पनि सम्बन्ध राम्रो छैन । तलब कटौतीका कारण पनि अध्यक्ष जोसेप मारिया बोर्टेमेउसँग खेलाडी खुसी छैनन् । बोर्टेमेउले पनि विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको छ ।

कमजोर रक्षापंक्ति

सिजनका केहि खेलको प्रदर्शनलाई हेर्दा टोलीको रक्षापक्तिमा कमजोरी देखिएको छ । फ्रेन्की डि जोङ र क्लेमेट लेनग्लेटले पटक फाउल गर्दा बार्सिलोनाको संकट बढेको छ । एकले गेटाफे र अर्कोले रियलसँगको गल्तिका कारण खेलमा विपक्षीलाई फाइदा पुगेको थियो ।

मध्यपंक्तिमा समस्या

कोम्यानले प्रशिक्षकका रुपमा बार्सिलोना सम्हालेदेखि मिडफिल्डमा समस्या देखिएको छ । सर्जियो बुस्केटलाई दिएको जिम्मेवारीमा पनि प्रश्न खडा भएको छ । त्यस्तै मिरालेम पिजेनिक विङ्समा खेल्ने प्रतिक्षमा छन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.