default_image

3 years ago

October 27, 2020

बार्सिलोनाको डिफेन्समा समस्या

एजेन्सी – बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो जमानाका उत्कृष्ट डिफेन्डर थिए । अहिले आफ्नो टोलीको डिफेन्समा समस्या पर्दा उनी चिन्तित देखिएका छन् । विशेषगरी क्लेमेन्ट लेङलेटको प्रदर्शनले टोलीलाई चिन्ता थपेको हो । २५ वर्षीय फ्रान्सेली डिफेन्डरले गत साता मात्र क्लबसँग ६ वर्षका लागि सम्झौता थप गरेका थिए । तर शनिबारको एल क्लासिकोमा रियल म्याड्रिडले अग्रता […]

75 views

0 Bookmark

एजेन्सी – बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो जमानाका उत्कृष्ट डिफेन्डर थिए । अहिले आफ्नो टोलीको डिफेन्समा समस्या पर्दा उनी चिन्तित देखिएका छन् ।

विशेषगरी क्लेमेन्ट लेङलेटको प्रदर्शनले टोलीलाई चिन्ता थपेको हो । २५ वर्षीय फ्रान्सेली डिफेन्डरले गत साता मात्र क्लबसँग ६ वर्षका लागि सम्झौता थप गरेका थिए । तर शनिबारको एल क्लासिकोमा रियल म्याड्रिडले अग्रता लिएको गोलमा पेनाल्टी दिएपछि उनको आलोचना बढेको छ ।

रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले लिएको उक्त पेनाल्टी निर्णयमा बार्सिलोनाले असन्तुष्टि जनाएको छ । गत सिजन त्यस्तै अवस्थामा रियल म्याड्रिडका राफेल भारानलाई भने केहि गरिएको थिएन । बार्सिलोनाले भीएआरको निर्णय सधैं आफ्नो विरुद्ध आएको भन्दै ला लिगासमक्ष विज्ञप्ति पनि जारी गरेको छ ।

अन्तर्राष्ट्रिय ब्रेकअघि लेङलेटले सेल्टा भिगोविरुद्ध बार्सिलोना करिअरको चौथो रातो कार्ड पाएका थिए । उनी त्यसअघि जिरोना, गेटाफे र रियल बेटिसविरुद्ध पनि रातो कार्ड खाँदै बाहिरिएका थिए । क्लबमा आबद्ध भएको छोटो समयमा नै उनको मैदानभित्रको अनुशासनलाई लिएर प्रश्न उठ्नु स्वभाविक हो ।

बुधबार युभेन्टसविरुद्ध खेल्दा बार्सिलोनाको डिफेन्स लेङलेटकै नेतृत्वमा हुनेछ । मुख्य डिफेन्डर जेरार्ड पिके अघिल्लो खेलमा रातो कार्ड पाएका कारण प्रतिबन्धमा छन् । अब उनको स्थानमा युवा खेलाडी रोनाल्ड अराउजोले खेल्ने सम्भावना छ । स्यामुएल उम्टिटीले यस सिजन कुनै खेल नखेलेका कारण खेल्ने सम्भावना न्यून छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.