default_image

5 years ago

October 27, 2020

पहिलो जितको खोजीमा रियल म्याड्रिड

176 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह ‘बी’ मा रियल म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्दैछ । अघिल्लो खेलमा शाख्तरसँग पराजित रियल पहिलो जितको खोजीमा हुनेछ । खेल नेपाली समयानुसार रातको १:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा ३-२ को हार बेहोरेका कारण रियल समूहमा पुछारमा छ । अर्को खेलमा इन्टर मिलान र ग्लाडबाकले २-२ को बराबरी खेलेका थिए । रियलले उक्त हारपछि स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको एल क्लासिकोमा बार्सिलोनालाई पराजित गर्यो । ग्लाडबाकले भने जर्मन लिगमा माइन्जलाई ३-२ ले हराएको थियो ।

इन्टरविरुद्ध बलियो प्रदर्शन गरेको ग्लाडबाक सोहि प्रदर्शनलाई निरन्तरता दिने सुरमा हुनेछ । रोमेलु लुकाकुले अन्तिम समयमा गोल गरेपछि इन्टर हारबाट जोगिएको थियो । यता रियल भने च्याम्पियन्स लिगमा लगातार तेस्रो हारको सिलसिला टुंग्याउने योजनामा हुनेछ । गत सिजन पनि म्यानचेस्टर सिटी राउन्ड अफ १६ को दुवै लेगमा पराजित भएको थियो ।

ग्लाडबाकका लागि आन्द्रिएस पल्सेन, डेनिस जाकारिया र लास्लो बेनेस चोटका कारण उपस्थिति रहने छैनन् । मार्क्स ठुराम, एलेसन प्लेअ, जोनास होफम्यान र फ्लोरियन नुहसले लिग खेलमा विश्राम पाएपछि पहिलो रोजाईमा खेल्नेछन् । भ्यालेन्टिनो लाजारो र मामदु डुकुरे भने बेन्चमा रहने सम्भावना छ ।

रियलले ड्यानी कार्भाजल, मार्टिन ओडेगार्ड, मारियानो डियाज र अल्भारो ओड्रीओजोलालाई टोलीमा समेटेको छैन । नाचो पनि चोटका कारण टोलीमा छैनन् । लुकास भाज्केजले राइट ब्याकमा खेल्ने सम्भावना रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.