5 years ago
October 28, 2020
एजेन्सी – इंग्लिस च्याम्पियन लिभरपुलले यूईएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा एफसी मिट्जील्यान्डलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा जित हासिल गर्दा लिभरपुलको चोटको चिन्ता भने थपिएको छ ।

लिभरपुलले झन्डै ५ वर्षपछि आफ्नो मुख्य तीनै फरवार्डमध्य कसैलाई टोलीमा उतारेको थिएन । साडियो माने, मोहमद सलाह र रोबर्टो फिर्मिनो तीनै जना बेन्चमा रहेको खेलको पहिलो हाफमा लिभरपुलले पोस्टमा प्रहार नै गर्न सकेन । दोस्रो हाफमा दुई गोल गरेपछि लिभरपुल जित हासिल गर्न सफल भयो ।
खेलको ३० औं मिनेटमा नै ब्राजिलियन मिडफिल्डर फाबिन्हो घाइते हुन पुगे । डिफेन्डर भर्जील भान डाइक सिजनभर खेल्न नसक्ने भएपछि डिफेन्समा खेल्दै आएका फाबिन्हो ह्यामस्ट्रीङमा चोट बोकेपछि मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा रिस विलियम्सले डिफेन्समा खेलेका थिए ।

खेलको ५५ औं मिनेटमा डियोगो जोटाले लिभरपुललाई अग्रता दिलाए । उनले जेर्डान शाकिरीले बनाएको मुभपछि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले दिएको पासमा सहजै गोल गरेका थिए । खेलको अन्त्यतिर भने क्लोपले आफ्ना मुख्य तीन फरवार्डलाई नै मैदान पठाएका थिए । त्यसको फल्स्वरूप लिभरपुलले अग्रता दोब्बर पार्ने अवसर पनि पायो ।
इन्ज्युरी समयमा सलाहलाई मिट्जील्यान्डका पाउलिन्होले लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीमा सलाहले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । यस जितसँगै लिभरपुलको २ खेलमा ६ अंक भएको छ ।
अर्को खेलमा आयक्स र एटलान्टाले २-२ को बराबरी खेले । एटलान्टाको ४ अंक छ भने आयाक्सको १ अंक रहेको छ । पहिलो खेलमा एटलान्टासँग ४-० ले पराजित मिट्जील्यान्ड अंकविहिन रहँदै पुछारमा छ ।
यो पनि : बायर्नको लगातार १३ औं जित
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]