9 years ago
September 11, 2016
काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेट बित्न नपाउँदै रितेश मल्लले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । इन्जुरी समयमा अभिषेकले गोल गरेपनि छैटौं खेलमा एनआरटीले चौथो जित हासिल गरेको हो ।
तीन बर्षपछि सक्रिय फुटबलमा फर्केको एनआरटीले लिगको सुरुआतबाटै लिएको अग्रतालाई छैटौं चरणसम्म पनि जोगाइराखेको छ ।
एनआरटीलाई अर्को पुरानो टोली रानीपोखरी कर्नर टिम (आरसिटी) ले पछ्याइरहेको छ । हलचोकस्थित एपिएफ मैदानमा आरसिटीले टुसाल युवा क्लबलाई २–० ले हराएको छ । विकी तामाङले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने टुसालका रतिस सुस्लिङले ६८औं मिनेटमा आत्मघाती गोल गर्दै आरसिटीलाई फाइदा पुर्याए । ६ खेलमा एनआरटीको १४ र दोस्रो स्थानको आरसिटीको १२ अंक छ ।
हलचोकमा आइतबारकै अर्को खेलमा विनोद लामाको गोलमा ब्वाइज युनियनले च्यासल युवा क्लबलाई १–० ले पराजित गर्यो । सातौं मिनेटमा विनोदले गरेको गोलनै खेलको निर्णायक बन्यो । ६ खेलबाट ८ अंक जोडेको ब्वाइज युनियन अंक तालिकाको छैटौं र त्यत्तिनै खेलमा १० अंक बटुलेको च्यासल पाँचौं स्थानमा रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]