default_image

3 years ago

November 3, 2020

अपराजित बायर्न लगातार जितको खोजीमा

एजेन्सी – डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले आज राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गको सामना गर्दैछ । च्याम्पियन्स लिगमा २०१८–१९ को सिजनको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग ३–१ ले पराजित भएयता पछिल्लो १३ खेलमा अपराजित रहेको बायर्न अपराजित यात्रालाई कायमै राख्ने दाउमा हुनेछ । साल्जवर्ग र बायर्नबीचको खेल रेडबुल एरिना वाल्समा […]

46 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले आज राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गको सामना गर्दैछ ।

च्याम्पियन्स लिगमा २०१८–१९ को सिजनको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब लिभरपुलसँग ३–१ ले पराजित भएयता पछिल्लो १३ खेलमा अपराजित रहेको बायर्न अपराजित यात्रालाई कायमै राख्ने दाउमा हुनेछ । साल्जवर्ग र बायर्नबीचको खेल रेडबुल एरिना वाल्समा राति १ः४५ बजे हुनेछ ।

बायर्नको यो योजनामा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की र थोमस मुलर नै मुख्य हतियार हुनेछन् । किङ्सले कोमान, सर्ज जिनाब्री, योसुवा किम्मिख, डेभिड अल्वा, जेरोमी बोएटिङ, बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज, लिरोए साने, डगलस कोस्टा र कप्तान तथा गोलरक्षक म्यानुयल नोएर टोलीमा हुनेछन् ।

यता, घरेलु टोली साल्जवर्ग पनि बलियो बायर्नलाई रोक्ने लक्ष्यमा हुनेछ । डिफेन्समा बढी ध्यान दिदै साल्वजर्गले काउन्टर अट्याकमा खेल्ने सम्भावना रहेको छ । मेर्गिम बेरिसा, एन्ड्रियस उल्मेर, पाट्सन डाका, मोहम्मद कामरा र डोमिनिक लगायतको खेलाडीलाई साल्जवर्गलाई साथ रहेको छ ।

यि दुई टोली २०१४ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१४ मा भएको मैत्रीपुर्ण खेलमा साल्जवर्ग ३–० ले विजयी भएको थियो । यही समूह ‘ए’ को अर्काे खेलमा रसियन क्लब लोकोमोटिभ मस्को र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबीच राति ११ः४० बजे प्रतिस्पर्धा हुदैछ । एट्लेटिको लोकोमोटिभलाई हराउदै अर्काे चरण प्रवेशलाई थप मजबुत बनाउने दाउमा हुनेछ ।

यो समूहमा बायर्न ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एट्लेटिको ३ अंकसहित दोस्रो तथा साल्जवर्ग र लोकोमोटिभले समान १-१ अंक जोडेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.