default_image

3 years ago

November 4, 2020

मेस्सीलाई नरोक्ने अध्यक्षका दावेदार

एजेन्सी – बार्सिलोनाका अध्यक्षका उम्मेदवार पेरे रियराले लिओनल मेस्सीलाई क्लबको भविष्यभन्दा माथि रहेर बस्न बाध्य नपारिने बताएका छन् । टोलीका कप्तान मेस्सीले यो सिजनको सुरुवातमा क्लब छाड्न चाहेका थिए । तर, तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमेउले क्लब छाड्ने नै भए ७ सय मिलियन युरो रिलिज क्लब तिर्नुपर्ने गरेपछि मेस्सी पछि हटेका थिए । क्लबको विवादलाई अदालतसम्म पुर्याउन नचाहेको भन्दै […]

39 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका अध्यक्षका उम्मेदवार पेरे रियराले लिओनल मेस्सीलाई क्लबको भविष्यभन्दा माथि रहेर बस्न बाध्य नपारिने बताएका छन् ।

टोलीका कप्तान मेस्सीले यो सिजनको सुरुवातमा क्लब छाड्न चाहेका थिए । तर, तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टेमेउले क्लब छाड्ने नै भए ७ सय मिलियन युरो रिलिज क्लब तिर्नुपर्ने गरेपछि मेस्सी पछि हटेका थिए । क्लबको विवादलाई अदालतसम्म पुर्याउन नचाहेको भन्दै मेस्सीले कम्तीमा अहिलेको सम्झौता रहँदा सम्म बार्सिलोनामै बस्ने निर्णय लिएपछि तत्कालका लागि विवाद अन्त्य भएको थियो ।

क्लब भित्र दबाब बढेपछि बोर्टेमेउले पदबाट राजीनामा दिएका थिए । त्सपछि नयाँ निर्वाचनका लागि रियराले नयाँ अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । ‘मलाई लाग्छ । मेस्सी बार्सिलोनामा बस्नुपर्छ तर इतिहासका लागि होइन, ‘उनले रेडियो मार्कालाई भने, ‘त्यो कसैलाई पनि राम्रो हुने छैन ।’

बार्सिलोनामा बस्ने नबस्ने निर्णय मेस्सीले नै गर्नुपर्ने रियराले बताएका छन् । ‘अन्त्यमा आफ्नो भविष्यका बारेमा मेस्सीले निर्णय लिनेछन्,’ उनले भने, ‘मेस्सी बार्सिलोना छाड्न चाहन्छन् भन्नेमा मलाई शंका छ । तर यदि उनले छाड्न चाहेमा म उनलाई रोक्ने छैन ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.