default_image

3 years ago

November 4, 2020

रामोसद्वारा गोलको शतक पूरा

एजेन्सी – स्पेनिस कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले रियल म्याड्रिडबाट १ सय गोलको आँकडा पार गरेका छन् । मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध एक गोल गर्दै रामोसले म्याड्रिडमा १ सय गोलको आँकडा पार गरेका हुन् । यस्तै उनी रियलबाट १ सय गोल गर्ने १९औं खेलाडी बनेका छन् […]

41 views

0 Bookmark

एजेन्सी – स्पेनिस कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले रियल म्याड्रिडबाट १ सय गोलको आँकडा पार गरेका छन् ।

मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध एक गोल गर्दै रामोसले म्याड्रिडमा १ सय गोलको आँकडा पार गरेका हुन् । यस्तै उनी रियलबाट १ सय गोल गर्ने १९औं खेलाडी बनेका छन् ।

रियलबाट १ सय गोल पुरा गर्नेमा १५ जना फरवार्ड, दुई मिडफिल्डर र रामोससँगै फर्नान्डो हिएरो छन् । तर, ५२ वर्षीय हिएरोले रियलमा मिडफिल्डबाट खेलेका थिए । त्यसैले ३४ वर्षीय रामोस रियलबाट १ सय गोल गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

उनले १५ वर्ष रियलमा बिताएका छन् । उनले २००५ डिसेम्बर ६ मा ओलम्पियाकोसविरुद्धको च्याम्पियन्स लिगकै खेलमा हेडर मार्फत गोल गरेका थिए । राहुल ब्राभोको फ्रिकिकलाई रामोसले हेडरमार्फत गोलको दिशा दिएका थिए । रियलको महत्वपुर्ण सदस्यबनिसकेका रामोसले हरेक सिजनमा रियलबाट गोल गरेका छन् । उनले गत सिजन सर्वाधिक ११ गोल गरेका थिए ।

क्लबकै लेजेन्ड तथा सुपरस्टार पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २०१८ मा क्लब छाडेयता उनी नै रियलको पेनाल्टी टेकर बन्दा उनको गोल संख्या बढेको हो । उनले नयाँ सिजनको स्पेनिस ला लिगामा ३ गोल गरिसकेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.