default_image

9 years ago

September 13, 2016

बार्सिलोना विरुद्ध ऐतिहासिक जितको दाउमा सेल्टिक

152 views

0 Bookmark

हाम्री खेलकुद – २०१६/१७ सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेल मंगलबार बाट सुरु हुदैं छन्। बार्सिलोना र सेल्टिकबीचको  खेल नेपाली समयानुसार बुधबार विहान १२:३० बजे सुरु हुनेछ।

Barcelona Alaves Messi Neymar

स्पेनिश लिगमा अलाभेससंग २-१ले पराजय भोगेपछि बार्सिलोनालाई यस खेलमा जित हात पार्नैपर्ने दवाव रहेको छ। उक्त खेलमा मेसि, सुआरेज र नेयमार तीनैजना दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। तर आजको खेलमा भने प्रशिक्षक लुइस एन्रिकेले तिनै स्टार खेलाडीलाई मैदानमा सुरुवाती एघारमा राख्ने पक्का छ।

सेल्टिक भने घरेलु लिगमा चिर प्रतिद्वदी रेंजर्सलाई ५-१ ले पराजित गरेकोले यस खेलमा सकारात्मक भएर मैदानमा उत्रनेछ। सेल्टिक र बार्सिलोनाले प्रि सिजनमा खेलेको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-१ले विजयी भएको थियो।

यसअघी २०१३मा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा भने बार्सिलोनाले सेल्टिकलाइ ६-१ले पराजित गरेको थियो। सन् २०१२मा सेल्टिकको पार्कहेड रंगशालामा ७०% भन्दा बढी बल पोसेसन हुँदा पनि बार्सिलोनाले सेल्टिकसंग २-१को हार व्यहोरेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.