default_image

3 years ago

November 7, 2020

एभर्टन र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शनिबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा एभर्टनले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दा लन्डन क्लब चेल्सीले पनि सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै क्रिस्टल प्यालेसले लिड्स युनाइटेडसँग तथा वेस्टह्यामले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ । एभर्टन र युनाइटेडबीचको खेल गुडिसन पार्कमा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ । एभर्टन […]

46 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शनिबार राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । घरेलु मैदानमा एभर्टनले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दा लन्डन क्लब चेल्सीले पनि सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

यस्तै क्रिस्टल प्यालेसले लिड्स युनाइटेडसँग तथा वेस्टह्यामले फुलहमसँग प्रतिस्पर्धा गर्दैछ । एभर्टन र युनाइटेडबीचको खेल गुडिसन पार्कमा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ । एभर्टन ७ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा रहँदा युनाइटेड ६ खेलबाट ७ अंक जोडेर १५औं स्थानमा छ ।

राम्रो सुरुवात गरेपनि पछिल्लो दुई खेलमा पराजित भएको एभर्टन युनाइटेडलाई हराउदै जितको लयमा फर्कने दाउमा हुनेछ । एभर्टन साउथह्याम्टन र न्युक्यासलसँग पराजित भएको थियो ।
मिडफिल्डर हामेस रोड्रिग्वेजले चोटबाट पुनरागमन गर्दै युनाइटेडविरुद्ध खेल्न सम्भावना छ ।

यस्तै टोलीसँग डोमिनिक काल्भर्ट लेविन, एलेक्स इओवी, एलान, गिल्फी सिगुर्डसन, माइकल किन, लुकास डिग्ने, यारी मिना र गोलरक्षक जोर्डन पिकफोर्ड रहेका छन् । प्रतिबन्धका कारण रिचार्लीसन टोलीमा हुनेछैनन् ।

यता, पछिल्लो दुई खेलमा पराजित भएको युनाइटेड पनि घरेलु टोलीलाई पराजित गर्दै जितको लयमा फर्कन चाहन्छ । युनाइटेड प्रिमियर लिगमा आर्सनलसँग तथा युरोपा लिगमा इस्तानबुलसँग पराजित भएको थियो ।

मार्कस रासफोर्ड, मासन ग्रीनवुड, ब्रुनो फर्नान्डेस, ह्यारी मिगुएर, डेभिड डे हेया र पल पोग्वाजस्ता स्तरीय खेलाडी रहेपनि टोलीले सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन । तर, यि खेलाडी नै एभर्टनविरुद्ध उत्रनेछ । स्कट म्याकटोमिने, फ्रेड, लुके सा, भिक्टर नेल्सन लिन्डेलफ र आरोन वान बिशाखा पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २२ खेलको नजिता हेर्दा युनाइटेड हावी देखिएको छ । युनाइटेडले १० खेल जित्दा ५ खेल एभर्टनले आफ्नो पक्षमा पारेको छ । ७ खेल बराबरीमा सकिएको छ । गतवर्ष दुवै खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि २०१९ अप्रिल २१ मा एभर्टनले युनाइटेडलाई ४–० को हार चखाएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.