default_image

10 years ago

September 7, 2015

मध्यपुर युथ एकेडेमीले दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने

163 views

0 Bookmark

काठमाडौं भदौ २१ गते ।

नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिंहको क्लब मध्यपुर युथ एकेडेमीले दुई दिने राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । फुटवल मार्फत युवाको विकास गर्ने उदेश्यका साथ मध्यपुरले मर्सी कोरसंगको सहकार्यमा भेला गर्न लागेको हो । २४ र २५ भदौमा राष्ट्रिय युवा भेला हुने भएको हो ।

mya

फुटबलमार्फत शान्त, स्वच्छ र सुद्धृढ समजाको विकास गर्ने सोचका साथ राष्ट्रिय भेलाको आयोजना गर्न लागेको मध्यपुर युथ एसोसियसनका अध्यक्ष तथा पुर्व फुटबलर उपेन्द्रमान सिंहले जानकारी दिए । उनले फुटबलको माध्यम मार्फत समाज र ब्यक्तित्व विकास गर्ने उदेश्यका साथ मर्सि कोरसंग मिलि कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

उक्त कार्यक्रम मार्फत युवा कोचहरुलाई फुटबल ट्ेरनिङ र परार्मर्श तथा खेलहरुको आयोजना गरी युवाहरुलार्य समुदायमा सकरात्मक विकास र जनचेतना जगाउनका लागि बलाबालीका सरंक्षणा नीतिहरु, लैंगिक समान्ता लगाएत विषयमा समेत कार्यक्रमहहरु गर्ने जनाइएको छ ।

मोफसका विभिन्न जिल्ला र भक्तपुरका विभिन्न भागबाट उक्त कार्यक्रममा सहभागिता रहने जनाईएको छ । कार्यक्रमका लागि ६ लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमको पहिलो दिन वालदिवसलाई ध्यानमा राखि र्‍यालि आयोजना गरीने र त्यसपछि फुटबल मेलाको आयोजना गरीने जानकारी दिए ।

क्लबका अध्यक्ष सिंहले क्षमताका बाबजुतपनि भक्तपुर फुटबलमा पछि परेको भन्दै फुटबल विकासका लागि समुदायकोनै सहभागिता गराउन र फुटबल प्रति आकर्षण बढाउनका लागि कार्यक्रमले मद्धत गर्ने सक्ने बताए । उनले फुटबलको माध्यामबाट समाजमा सकरात्मक सोचको विकास हुने भन्दै यसतर्फ सबैलाई आकर्षण गर्नु कार्यक्रमको मुख्य उदेश्य हुने जानकारी दिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.