default_image

3 years ago

November 8, 2020

फेलिक्स चम्कदा एट्लेटिकोको सानदार जित

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सको दुई गोल र एक असिस्टमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा क्याडिजमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले पनि गोल थपेपछि एट्लेटिको म्याड्रिडले क्याडिजमाथि ४–० को सानदार जित निकाल्न सफलल भएको हो । यो जितसँगै एट्लेटिको ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको […]

48 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड जोआओ फेलिक्सको दुई गोल र एक असिस्टमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा क्याडिजमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले पनि गोल थपेपछि एट्लेटिको म्याड्रिडले क्याडिजमाथि ४–० को सानदार जित निकाल्न सफलल भएको हो ।

यो जितसँगै एट्लेटिको ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि एक खेल बढी खेलेको रियल सोसिडाड गोलअन्तरमा दोस्रो स्थानमा झरेको छ । पराजित क्याडिज १४ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिेनटमा फेलिक्सको गोलबाट अग्रता लिएको थियो । उनले गोलरक्षक जेरेमियासको गल्तीमा मार्काेस लोरेन्टेको क्रस पासमा हेडरमार्फत जाली चुमाएका थिए ।

२२औं मिनेटमा लोरेन्टेले गोल गर्दै एट्लेटिकाको अग्रता दोब्बर बनायो । २८औं मिनेटमा साल्भी सान्चेजको कर्नरमा सुआरेजलाई डिफ्लेक्ट हुदै आएको बललाई फालीले प्रयास गरेपनि सदुपयोग गर्न सकेन ।

३२औं मिनेटमा सउल निग्वेजले गोल गरेपनि किरिएन ट्रिपिएर अफसाइड पोजिसनमा रहँदा गोलले मान्यता पाएन । ५१औं मिनेटमा फेलिक्सको पासमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई ३–० ले अघि बढाए । सुआरेजको यो छैटौ खेलमा पाँचौ गोल हो ।

६५औं मिनेटमा फालीको क्रसलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले नियन्त्रणमा लिदै क्याडिजलाई निराश पारे । ९०औं मिनेटमा जोआओ फेलिक्सले एन्जल कोरेराको पासमा गोल गर्दै एट्लेटिकोलाई ४–० को सहज जित दिलाए । उनले जारी सिजनको ला लिगामा ७ खेलमा ५ गोल गर्नुका साथै २ असिस्ट दिइसकेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.