default_image

3 years ago

November 8, 2020

सिटी र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्त हुँदैछ । खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल साविकको उपविजेता सिटीलाई हराउदै प्रिमियर लिगको शीर्षस्थानमा फर्कने दाउमा हुनेछ । समान १६ अंक रहेपनि लिभरपुल गोलअन्तरमा साउथह्याम्टनभन्दा पछि छ । लिभरपुलका […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्त हुँदैछ ।

खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुल साविकको उपविजेता सिटीलाई हराउदै प्रिमियर लिगको शीर्षस्थानमा फर्कने दाउमा हुनेछ । समान १६ अंक रहेपनि लिभरपुल गोलअन्तरमा साउथह्याम्टनभन्दा पछि छ ।

लिभरपुलका लागि लयमा रहेका पोर्चुगिज फरवार्ड डिएगो जोटासँगै साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्होले टोलीको अग्रपंक्ति सम्हाल्नेछन् । जर्जिन्हो वाइनाल्डम, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, जोसेप गोमेज, जोएल माटिप ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डसँगै गोलरक्षक एलिसन बेकर पनि टोलीमा रहेका छन् ।

कर्टिस जोन्स, जेम्स मिल्नर, नावी केइटा र निको विलियम्स टोलीमा रहँदा चोटका कारण थियागो अलकान्तरा, फाविन्हो र भर्जिल भान डाइक टोलीमा हुनेछैन । यसै सिजन लिभरपुल आएका जोटाले यो सिजन प्रिमियर लिगमा ५ खेल खेल्दै ३ गोल गर्दा एटलान्टाविरुद्धको च्याम्पियन्स लिगमा ह्याट्रिक पुरा गरेका थिए ।

यता, प्रिमियर लिगमा औसतको प्रदर्शन गरिरहेको सिटी घरेलु मैदानमा लिभरपुललाई पराजित गर्दै लय पक्रने सुरमा हुनेछ । सिटी ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

ब्राजिली फरवार्ड ग्याब्रियल जेससको पूनरागमनले टोलीको मनोबल बढेको छ । टोलीसँग रहिम स्ट्रलिङ, रियाद महारेज, केभिन डि ब्रुयन, रोड्री, इल्केए गुन्डोगान, काइल वाल्कर, रुवेन डियास, एमेरिक लापोर्टे, जाओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएस छन् । यस्तै टोलीसँग जोन स्टोन्स, नाथन एके, फिल फोडेन, फेरान टोरेस, ओलेक्सान्डर जिनचेन्को र बर्नाडो सिल्भालगायतका स्तरी खेलाडी पनि रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो २८ खेलको नतिजा हेर्दा लिभरपुल १२ खेलमा विजयी भएको छ । ७ खेल सिटीले जित्दा ९ खेल बराबरीमा सकिएको छ । गत सिजनको लिगमा दुवै टोलीले समान एक खेल जितेका छन् । जुलाईमा भएको खेलमा सिटीले लिभरपुललाई ४–० ले हराएको थियो । त्यसअघि नोभेम्वरमा लिभरपुल ३–१ ले विजयी भएको थियो ।

अन्य खेल

वेस्टब्रुमविरुद्ध टोटेनहम (साँझ ५ः४५ बजे), लेस्टरविरुद्ध वल्भ्स (राति ७ः४५ बजे), आर्सनलविरुद्ध एस्टन भिल्ला (राति १ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.