काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नयाँबस्ती युवा क्लब र सातदोबाटो युवा क्लब विजयी भएका छन्।
शसस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको खेलमा सामाजिक युवा क्लबले हाफ टाइममा २-० को अग्रता लिएको अवस्थालाई उल्टाउँदै नयाँबस्तीले खेल ४-३ले जितेको हो। पहिलो जित दर्ता गरेको नयाँबस्ति जितसंगै ६ अंक जोडेर ११औं स्थानमा रहेको छ।
दिनको पहिलो खेलमा भने सातदोबाटो युवा क्लबले खुमलटार युवा क्लबलाई १-० ले पराजित गर्यो। विजयी टोलीका लागि सुमन थापा मगरले एकमात्र गोल ३९औं मिनेटमा गरेका थिए।