9 years ago
September 14, 2016
हाम्रो खेलकुद – च्याम्पियन्स लिगको समुह चरणको खेल खेलमा बायर्नले सहज जित दर्ता गरेको छ भने आर्सनल र पेरिस सेन्ट जर्मेनको खेल बराबरीमा टुङ्गिएको छ।

रोस्टोभलाई ५-०ले पाखा लगाउँदै च्याम्पियन्स लिगमा बायर्नले सुखद सुरुवात गरेको छ। उसका लागि जोसुवा किमिचले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, थोमस मुलर र वान बर्नाटले एक-एक गोल थपे।
उता पेरिसको घरेलु मैदानमा भएको खेलमा पहिलो मिनेटमा एडिनस्न कभानिको गोलले अग्रता लिएको पिएसजीले आर्सनलसंग १-१को बराबरी खेल्यो। आर्सनलको लागि बराबरी गोल एलेक्सीस स्यान्चेजले फर्काएका थिए। खेलको अन्तिम समयमा हात हालाहाल गरेको भन्दै मार्को भेराट्टि र ओलिभिएर जिरुडले रातो कार्ड पाएका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]