5 years ago
November 13, 2020
कोरोना भाइरस संक्रमण र त्यसले सिर्जना गरेको बिकराल परिस्थितिका बाबजुद नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको छ । खेल र खेलाडी मैदान फर्केको खेलमा नेपालको प्रदर्शन भने सन्तोषजनक पनि रहेन र बंगलादेशको मैदानमा २-० ले पराजित हुन् पुग्यो ।

खेलको सुरुवाती समयदेखि नै बंगलादेशले नेपालमाथि दबाब कायम गर्न सफल रहयो । बल पोसेसनमा बलियो देखिएको बंगलादेश यसैपनि शारीरिक रुपमा नेपालभन्दा माथि थियो । मिडफिल्डमा लगातार ट्याकल गर्दै आक्रामक प्रस्तुति दिएको बंगलादेशसामु नेपालको आक्रमणले आधा घण्टासम्म कुनै उल्लेख्य मुभ बनाउन सकेन ।
त्यसो त नेपालको डिफेन्सले त्यसअघि नै गल्ति गरिसकेको थियो । विंगमा रहेका बंगलादेशी खेलाडीमा डबल मार्किङ हुँदापनि एकैपटक दुवै खेलाडी ट्याकलमा जाँदा सादले आफ्नो समय लिएर क्रस गर्ने अवसर पाए । सादले दिएको क्रस पेनाल्टी क्षेत्रभित्र रहेका जीवनले सहजै गोलरक्षक किरणलाई पार गर्न सफल भए । एक त सहजै क्रस गर्ने अवस्था दिनु र क्रस आउने थाहा हुँदा फ्रन्ट पोस्ट कभर गर्न नसक्नु गल्ति थियो ।
४-२-३-१ को पद्दतिमा उत्रिएको नेपालको रक्षात्मक मिडफिल्डमा विक्रम लामाले सुरुवाती मिनेटमा नै दुई फल खाएपछि केहि सुस्त देखिएका थिए । उनले लगातार बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा ४२ औं मिनेटमा घाइते भएर नै मैदान छोड्नुपर्यो । उनको स्थानमा मैदान प्रवेश गर्दै एरिक विष्टले डेब्यु गरे ।

दोस्रो हाफमा नवयुगको स्थानमा जर्जप्रिन्स कार्की मैदान प्रवेश गरे । पहिलो हाफमा केहि फितलो प्रहार गरेका नवयुगको स्थानमा छिरेका जर्जप्रिन्सले बायाँ विंगबाट खेल्दै नेपालको आक्रमणको रुप बदले । तर एकातिरबाट लगातार क्रस गरिरहँदा नेपालको फरवार्ड लाइनमा भने गोल गर्ने क्षमता भएका फरवार्डको कमी थियो । बेन्चमा भरत खवास, विमल रानाजस्ता नम्बर ९ पोजिसनमा खेलाडी हुँदाहुँदै अन्जन विष्ट र सुजल नै अग्रपंक्तिमा डटिरहे ।
मिडफिल्डमा एरिक विष्टले पनि राम्रो प्रदर्शन गरे । ढिला मैदान छिरेका कारण पनि उनी अन्य खेलाडीभन्दा छरितो देखिए र विपक्षीको आक्रमण ब्रेक गर्न पनि तत्पर थिए । राइट ब्याक विकास खवासले बलियो प्रदर्शन गर्दा सुमन अर्यालको लागि भने आजको खेल बिर्सनलायक रहयो । उनले पहिलो हाफमा संघर्ष नै गर्नुपर्यो ।
रवि पासवान तीव्र गतिका लागि परिचित भएपनि बंगलादेशको डिफेन्सले उनलाई खेलभर चुप राख्न सफल भयो । फिनिसिङमा कमजोर रविले फेरी पनि खेलमा दुई पटक सुवर्ण अवसर खेर फाल्दै आफ्नो कमजोर पक्ष उदांगो पारे । सुजल श्रेष्ठ पछिल्लो दुई दिन मात्र पूर्ण प्रशिक्षणमा समावेश भएर पनि सन्तोषजनक प्रदर्शन गरे । आफ्नो मुख्य लेफ्ट विंगमा खेल्न नपाएकाले पनि उनले खुलेर खेल्न सकेनन् । अन्जन विष्टले बलसँग रहँदा केहि सम्भावना देखाएपनि फाइनल थर्डमा भने उनको प्रभाव निरश थियो ।

गोलरक्षक किरणले केहि सुन्दर बचाउ गरे । तर डिफेन्समा अजित र अनन्तको तालमेल मिलाउन भने केहि मिहिनेत गर्नुपर्ने देखिन्छ । पहिलो गोलमा अजित फ्रन्ट पोस्टमा उपस्थित नहुनु र दोस्रो गोलमा पेसमा बिट हुनुले पनि दुवै गोलमा सेन्टर डिफेन्सको तालमेल नमिलेको देखिन्थ्यो ।
भरत खवास र दर्शन गुरुङ अन्तिम समयमा मैदान प्रवेश गरेपनि भरत बलमा केहि सहज देखिए । दर्शनले पनि पाएको एक-दुई अवसरमा डटेर खेले । सम्भवत प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो खेलका लागि आक्रमण र मिडफिल्डमा केहि परिवर्तन गर्नेछन् ।
छोटो तयारीमा बंगलादेश पुगेको नेपाली टोलीले दोस्रो हाफको सुरुवातमा केहिबेर राम्रो प्रदर्शन गर्दै खेलमा फर्कने आशा जगाएको थियो । तर काउन्टर अट्याकमा दोस्रो गोल खाएपछि भने नेपालको खेलमा फर्कने सम्भावना सकिएको थियो । नेपालको प्रदर्शनमा उतारचढाव आउनु लामो समयपछि खेल फर्कनुको नतिजा पनि हुनसक्छ । दोस्रो खेलमा पहिलो खेलको गल्ति सुधार्दै प्रशिक्षक महर्जन र नेपाली टोलीले राम्रो नतिजा ल्याउने आशा गर्न सकिन्छ ।
यो पनि पढ्नुहोस :
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]