default_image

3 years ago

November 14, 2020

शीर्षस्थानको दौडमा पोर्चुगल र फ्रान्सको भिडन्त

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए ३ अन्तर्गत पाँचौ खेलमा प्रतियोगिताको साविक विजेता पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार मध्यरात १:३० बजे सुरु हुनेछ । पोर्चुगल र फ्रान्स दुवै नेसन्स लिगमा यस वर्ष अपराजित रहेका छन् । अंक तालिकामा समान १० अंक जोडेपनि पोर्चुगल +८ गोलअन्तरसहित शीर्षस्थानमा रहेको छ । […]

60 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए ३ अन्तर्गत पाँचौ खेलमा प्रतियोगिताको साविक विजेता पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार मध्यरात १:३० बजे सुरु हुनेछ ।

पोर्चुगल र फ्रान्स दुवै नेसन्स लिगमा यस वर्ष अपराजित रहेका छन् । अंक तालिकामा समान १० अंक जोडेपनि पोर्चुगल +८ गोलअन्तरसहित शीर्षस्थानमा रहेको छ । फ्रान्स पनि समान ३ जित १ बराबरीसाथ +४ गोलअन्तरका साथ दोस्रो स्थानमा छ । फ्रान्स र पोर्चुगलबिच अघिल्लो महिना भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पोर्चुगलका लागि यस खेलमा चोटको कुनै चिन्ता छैन । प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो मुख्य टोली नै उतार्नेछन् । कप्तान क्रिस्टियानो रोनाल्डो अघिल्लो खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यस खेलका लागि रोनाल्डोसँगै जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेस पहिलो रोजाइमा नै खेल्नेछन् ।

आक्रमणमा रोनाल्डो र फेलिक्सलाई बर्नार्डो सिल्भाले साथ दिनेछन् । डिओगो जोटा पनि आक्रमणमा खेल्न दावेदारी प्रस्तुत गर्दैछन् । मिडफिल्डमा ब्रुनोसँगै विलियम कार्भाल्हो र ड्यानीलो परेराले खेल्ने सम्भावना छ । डिफेन्समा जोआओ क्यान्सेलो, पेपे, रुबेन डियास र राफेल गुरेरोको सम्भावना छ । रुइ प्याट्रीसिओले गोलरक्षकको जिम्मेवारी सम्हाल्न सक्छन् ।

यता फ्रान्सलाई भने चोटको चिन्ताले सताएको छ । फ्रान्सका लागि मुख्य फरवार्ड किलियन एम्बापपे चोटका कारण खेल्ने छैनन् । अर्का फरवार्ड विसाम बेन यडर पनि कोरोना पोजेटिभ देखिएपछि टोलीबाट छुट्टीएका छन् । मिडफिल्डरद्वय हौसेम औआर र नाबिल फेकिर पनि चोटका कारण टोलीमा छैनन् ।

फ्रान्सको आक्रमणमा एन्थोनी मार्सियल, एन्टोइन ग्रिजमन र ओलिभिएर जिरुडले खेल्ने देखिन्छ । मिडफिल्डमा पल पोग्बा, एनगोलो कान्टे र एड्रीएन राबीओट खेल्न सक्छन् । डिफेन्समा भने राफेल भारान र प्रेस्नेल किम्पेम्बेको जोडीलाई बेन्जामिन पाभार्ड र लुकास हर्नान्डेजले साथ दिनेछन् । गोलरक्षण कप्तान ह्युगो लोरिसले नै सम्हाल्नेछन् ।

पोर्चुगलले शनिबार एन्डोरामाथि ७-० को जित दर्ता गर्दै आफ्नो तयारी देखाउँदा फ्रान्सले भने हार बेहोर्यो । कमजोर फिनल्यान्डविरुद्ध फ्रान्स घरेलु मैदानमा २-० ले पराजित भएको थियो । पोर्चुगल घरेलु मैदानमा मार्च २०१७ यता अपराजित रहेको छ । फ्रान्सले भने घर बाहिर खेलेको पछिल्लो ५ खेलमध्य ४ खेलमा गोल खाएको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.