default_image

3 years ago

November 15, 2020

फ्रान्ससँग पोर्चुगलको हार, उपाधि होडबाट बाहिरियो

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो । फ्रान्सको जितमा मिडफिल्डर एनगोलो कान्टेले एकमात्र गोल गरे । उनले ५३ औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि पहिलो […]

62 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।

फ्रान्सको जितमा मिडफिल्डर एनगोलो कान्टेले एकमात्र गोल गरे । उनले ५३ औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि पहिलो हाफमा एन्थोनी मार्सियलको हेडर क्रसबारमा लाग्दा फ्रान्सले अघि बढ्ने अवसर गुमाएको थियो ।

पहिलो हाफमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । उनकै पासमा दोस्रो हाफमा जोआओ मोउटिन्होले गरेको शक्तिशाली प्रहार पनि फ्रान्सका कप्तान ह्युगो लोरिसले विफल पारिदिए । पोर्चुगलका डिफेन्डर जोसे फोन्टेको प्रहार पोस्ट लगेर फर्कंदा पोर्चुगल खेलमा फर्कन सकेन ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेको फ्रान्सले पहिलो हाफमा निकै दबाब क्याम गरेको थियो । तर गोलरक्षक रुइ प्याट्रीसिओले सानदार बचाउ गर्दै खेल बराबरीमा नै राखे । उनले मार्सियलको दुई तथा किंग्सले कोमनको एक राम्रो प्रहार विफल परेका थिए । ५३ औं मिनेटमा गोल हुँदा पनि उनले राबीओटकै प्रहार बचाउँदा कान्टेले गोल गर्न सकेका थिए ।

यस नतिजाले फ्रान्स नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले भने उपाधि रक्षा गर्न नपाउने पक्का भएको छ । फ्रान्सले अन्तिम खेलमा क्रोएसियाको सामना गर्दैछ । समान अंक हुँदा हेड टु हेड लागु हुने भएपछि फ्रान्स अनि अंक तालिकाको शीर्षस्थानमा रहने पक्का भएको हो ।

फ्रान्सको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ भने पोर्चुगल १ हार, ३ जित र १ बराबरीसहित १० अंकमा छ । क्रोएसिया र स्विडेनको समान ३-३ अंक छ । अंक तालिकाको पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछ । शनिबारकै खेलमा स्विडेनले क्रोएसियालाई २-१ ले हराएको थियो ।

यो पनि : रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.