default_image

3 years ago

November 15, 2020

रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो

एजेन्सी – कप्तान सर्जियो रामोसले कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिगको समूह ए४ मा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका रामोसले खेलका दौरान दुई पेनाल्टी मिस गरे । रियल म्याड्रिड र स्पेनका लागि यसअघिका २५ […]

55 views

0 Bookmark

एजेन्सी – कप्तान सर्जियो रामोसले कीर्तिमान राखेको खेलमा दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिगको समूह ए४ मा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।

स्पेनका लागि १ सय ७७ औं खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका रामोसले खेलका दौरान दुई पेनाल्टी मिस गरे । रियल म्याड्रिड र स्पेनका लागि यसअघिका २५ पेनाल्टीमा कुनै मिस नगरेका रामोसले शनिबार भने बिर्सनलायक प्रदर्शन गरे ।

५७ औं मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए । तर ८० औं मिनेटको दोस्रो पेनाल्टी प्रहारमा गोलरक्षकलाई चिप गर्न खोज्दा सोमरले ठम्याए र बचाउन सफल रहे । दुवै पेनाल्टी चुअकाउनुअघि स्विटजरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो ।

घरेलु टोलीले २६ औं मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । ७९ औं मिनेटमा अल्भारो मोराटालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि निको एलेभेदीले दोस्रो पहेंलो कार्ड पाएका थिए । रामोसले उक्त पेनाल्टीमा गोल गर्न नसकेपनि स्पेनले एक खेलाडी बढी रहेको फाइदा भने उठायो ।

खेलको ८९ औं मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनको लाज बचाए । यस बराबरीले स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने जीवित नै छ । स्पेन ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको जर्मनीको ९ अंक छ । अब मंगलबार हुने अन्तिम खेलमा स्पेनले जर्मनीलाई हराए अन्तिम चरणमा प्रवेश गर्नेछ ।

यो पनि : फ्रान्ससँग पोर्चुगलको हार, उपाधि होडबाट बाहिरियो

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.