default_image

3 years ago

November 15, 2020

जर्मनीको जितमा वेर्नरको दुई गोल

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरले दुई गोल गरेपछि जर्मनीले नेसन्स लिग अन्तर्गत शनिबार भएको समूह ए४ को खेलमा युक्रेनलाई ३-१ ले पराजित गरेको छ । जर्मनीको लाइप्जिगमा भएको खेलमा पाहुना टोली युक्रेनले सुरुवाती अग्रता बनाएको थियो । १२ औं मिनेटमा एलेक्जेन्डर जुब्कोभको पासमा रोम यारेमचुकले गोल गर्दै जर्मनीलाई स्तब्ध पारेका थिए । […]

78 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरले दुई गोल गरेपछि जर्मनीले नेसन्स लिग अन्तर्गत शनिबार भएको समूह ए४ को खेलमा युक्रेनलाई ३-१ ले पराजित गरेको छ ।

जर्मनीको लाइप्जिगमा भएको खेलमा पाहुना टोली युक्रेनले सुरुवाती अग्रता बनाएको थियो । १२ औं मिनेटमा एलेक्जेन्डर जुब्कोभको पासमा रोम यारेमचुकले गोल गर्दै जर्मनीलाई स्तब्ध पारेका थिए ।

खेलमा पछि परेको १० मिनेटपछि नै जर्मनी लेरोय सानेको गोलमा बराबरी गर्न सफल रहयो । सानेले लिओन गोरेट्जकाको पासमा गोल गरेका थिए । पहिलो हाफको ३३ औं मिनेटमा गोरेट्जकाकै क्रसमा वेर्नरले हेडरमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा मथिअस जिन्टरको पासमा वेर्नरको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएपछि जर्मनीले जित पक्का गरेको थियो । जर्मनीले बल पोसेसन र आक्रमणमा पकड कायम गर्दै दबाब बनाएपनि गोलरक्षक आन्द्रे प्यातोभले केहि राम्रो बचाउ गरे ।

समूह ए४ मा जर्मनी यस जितसहित शीर्षस्थानमा उक्लेको छ । जर्मनीको ९ अंक तथा स्पेनको ८ अंक रहेको छ । अब मंगलबार जर्मनी र स्पेनबीचको विजेताले सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । यस्तै ६ अंक बोकेको युक्रेन र ३ अंक जोडेको स्विटजरल्यान्डबीच पनि रेलिगेसनबाट जोगिन प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस : रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन रोकियो

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.