default_image

3 years ago

November 20, 2020

यौस्सोफा मौकोको : विश्वले प्रतिक्षा गरेको डेब्यु

एजेन्सी – बोरुसिया डर्टमुन्डका युवा फरवार्ड यौस्सौफा मौकोको आज १६ वर्ष पुग्दैछन् । जर्मनीमा सिनियर टोलीबाट खेल्न १६ वर्ष पुग्नैपर्ने नियम रहेकाले मौकोकोले सिनियर टोलीबाट खेल्न केहि प्रतिक्षा गर्नुपर्यो । १२ वर्षको उमेरमा नै डर्टमुन्डको यू-१७ टोलीबाट खेलेका मौकोकोले १४ वर्षको उमेरमा नै यू-१९ टोलीको अक्र्ममन सम्हालेका थिए । डर्टमुन्डको युवा समूहको प्रतिनिधित्व गर्दै ८४ […]

92 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्डका युवा फरवार्ड यौस्सौफा मौकोको आज १६ वर्ष पुग्दैछन् । जर्मनीमा सिनियर टोलीबाट खेल्न १६ वर्ष पुग्नैपर्ने नियम रहेकाले मौकोकोले सिनियर टोलीबाट खेल्न केहि प्रतिक्षा गर्नुपर्यो ।

१२ वर्षको उमेरमा नै डर्टमुन्डको यू-१७ टोलीबाट खेलेका मौकोकोले १४ वर्षको उमेरमा नै यू-१९ टोलीको अक्र्ममन सम्हालेका थिए । डर्टमुन्डको युवा समूहको प्रतिनिधित्व गर्दै ८४ खेल खेलेका उनले १ सय २७ गोल गरेका छन् । उनको यो प्रतिभाले नै जनवरीदेखि उनी सिनियर टोलीसँग प्रशिक्षण गर्दै आएका छन् ।

डेब्यु गर्न नपाएपनि मौकोको नियमित प्रशिक्षणमा त छन् नै, डर्टमुन्डले उनलाई सिजनको सुरुवातमा नै जर्सी नम्बर १८ प्रदान गरेको छ । शुक्रबार १६ वर्षको लागेपछि उनले शनिबार हुने खेलमा हर्था बर्लिनविरुद्ध डेब्यु गर्ने सम्भावना छ । डर्टमुन्डको प्रशिक्षण टोली मात्र नभएर सारा जर्मन फुटबल नै उनको डेब्युको प्रतिक्षामा छ । र सम्भवत उनको डेब्युपछि विश्वभर उनको चर्चा थप चुलिनेछ ।

डर्टमुन्डका मुख्य प्रशिक्षक लुसिएन फाभ्र मौकोकोको प्रतिभा देखेर छक्क छन् । ‘ उनी एकदम राम्रा खेलाडी हुन् । उनीसँग विश्वकै सर्वोत्कृष्ट हुने क्षमता छ । उनको कमजोर खुट्टा कुन हो भन्ने आजसम्म थाहा पाउन सकेका छैनौं । जब गोलअघि पुग्छन् उनले आफ्नो स्तर देखाएका छन्,’ फाभ्रले भने ।

मौकोकोले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनीको यू-२० टोलीमा नै समावेश भए । उनले ४ खेलमा ३ ह्याट्रिक र एक खेलमा चारसहित १३ गोल गरेपछि यू-२० टोलीमा सामेल भए ।

जर्मनी राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोले पनि मौकोकोको तारिफ गरेका छन् । ‘यति सानो उमेरको खेलाडीले आफूभन्दा २-३ वर्ष ठूला प्रतिद्वन्द्वीविरुद्ध यसरि गोल गर्नु सामान्य होइन । उनी फरक प्रतिभा हुन्,’ लोले भने ।

मौकोकोले शनिबार बर्लिनविरुद्ध डेब्यु गरेको खण्डमा उनी क्लबका लागि डेब्यु गर्ने कान्छा खेलाडी हुनेछन् । यसअघि उक्त कीर्तिमान मिडफिल्डर नुरी साहिनले १६ वर्ष ११ महिनामा डेब्यु गर्दै राखेका थिए । मौकोकोले उमेर पुगेको भए यसअघि नै डेब्यु गर्नेमा शंका छैन, त्यसैले अब उनको डेब्यु भन्दापनि प्रदर्शन कस्तो हुन्छ भन्ने कौतुहलता बढेको छ ।

डर्टमुन्डका युवा फुटबल संयोजक लार्स रिकेनले अन्य लिगको तुलनामा जर्मनीमा १६ वर्ष पुग्नुपर्ने नियमले केहि बेफाइदा भएको बताए । उनले डेब्यु गर्ने कीर्तिमान तोड्न नभएर फरक प्रतिभा भएका खेलाडीले खेल्न नपाउँदा टोली र खेलाडीलाई नै घाटा भएको बताए ।

मौकोकोले अहिले वार्षिक ३ लाख ५० हजार युरो कमाउँछन् । यसबाहेक उनले खेल सामाग्रीको कम्पनि नाइकीसँग १० मिलियन युरोको सम्झौता गरिसकेका छन् । क्यामरुनका फरवार्ड स्यामुएल एटोले उनलाई अर्को लिओनेल मेस्सीको उपमा दिइसकेका छन् । त्यस्तै मिडफिल्डर साहिनले भने उनले आउने दिनमा आफ्नो ख्याल राख्नुपर्नेमा जोड दिएका छन् ।

अहिले नै लगातार गोल गर्दै आफ्नो स्तर युवा फुटबलमा सिद्ध पारेका मौकोको आउने दिनमा अझ राम्रो हुने धेरैको बुझाइ छ । शारीरिक रुपमा अझै विकसित हुँदै गएपछि उनको खेलमा थप सुधार आउनेछ । डर्टमुन्डमा मुख्य फरवार्डका रुपमा एर्लीङ हालान्ड मात्र रहेको अवस्थामा उनले उचित अवसर पाउनेछन् । जर्मन फुटबलले निकै आशा गरेको मौकोकोको डेब्यु हेर्न सारा विश्वले नजर राखिरहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.