9 years ago
September 15, 2016
३० भदौ, पोखरा ।
पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।

सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष महिलाहरुको बिशेष चाड हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरी उठेको रकमको फाईदा सामाजिक कार्यहरुमा खर्च गरिदै आइरहेको र यस बर्ष पनि दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम सहारा एकेडेमीलाई सहयोग दिएको कुरा समुहकी सदस्य नमुना गुरुङ्ले बताउनु भयो । गत बर्ष पनि उक्त समुहले दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम बृद्धआश्रमलाई सहयोग गरेका थिए ।त्यसै गरी गएको पुसमा पनि तमु ल्होछारको अवसरमा स्योकै(भोजखाने) कार्यक्रम आयोजना गरि उठेको फाईदा रकम कास्कीको बाटुलेचौर–१६ मा रहेको अन्नपूर्ण बाल आश्रममा रहेका ३१ बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरेका थिए ।
पोखरालाई कर्म थलो बनाएर बिभिन्न ब्यवसाय गर्दै आएका युवतीहरुको समुह गुरुङसेनी गल्समा नमुना गुरुङ ,तिर्थ गुरुङ , पुनम गुरुङ ,बबिता गुरुङ ,सुश्मा गुरुङ ,चन्द्र गुरुङ ,धन माया गुरुङ र माया गुरुङ रहेका छन् । महिलाहरुले महिनै भरी पार्टी प्यालेसमा अनावश्यक रुपमा तीज मनाउदै गरेको भन्दै बिरोध जनाइरहदा कार्यक्रमको आयोजना गरेर उठेको रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा आफुहरु निकै खुशी भएको कुरा समुहकी अर्की सदस्य तिर्थ गुरुङ्ले बताउनु भयो र आउदो दिनमा पनि यस्तै सहयोग गर्ने वचन पनि दिनु भयो ।
त्यसै गरी गएको पुसमा पनि तमु ल्होछारको अवसरमा स्योकै(भोजखाने) कार्यक्रम आयोजना गरि उठेको फाईदा रकम कास्कीको बाटुलेचौर–१६ मा रहेको अन्नपूर्ण बाल आश्रममा रहेका ३१ बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]