default_image

3 years ago

November 20, 2020

डेविड लुइजद्वारा रियल म्याड्रिड मिडफिल्डरमाथि हातपात

एजेन्सी – ब्राजिलियन डिफेन्डर डेविड लुइजले प्रशिक्षणका दौरान स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आर्सनल आएका मिडफिल्डर ड्यानी सेबालोसमाथि हातपात गरेका छन् । गत शुक्रबार आर्सनलको प्रशिक्षण मैदानमा भएको अभ्यास खेलपछि लुइजले सेबालोसलाई मुक्का प्रहार गरेका हुन् । प्रशिक्षक मिकेल आर्टेटाले खेल सकिएको सिठी फुकेलगत्तै लुइजले सेबालोसको नाकमा मुक्का प्रहार गरेका थिए । मुक्का खाएपछि सेबालोसको […]

68 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन डिफेन्डर डेविड लुइजले प्रशिक्षणका दौरान स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आर्सनल आएका मिडफिल्डर ड्यानी सेबालोसमाथि हातपात गरेका छन् ।

गत शुक्रबार आर्सनलको प्रशिक्षण मैदानमा भएको अभ्यास खेलपछि लुइजले सेबालोसलाई मुक्का प्रहार गरेका हुन् । प्रशिक्षक मिकेल आर्टेटाले खेल सकिएको सिठी फुकेलगत्तै लुइजले सेबालोसको नाकमा मुक्का प्रहार गरेका थिए । मुक्का खाएपछि सेबालोसको नाकबाट रगत आएसँगै उनी लुइजमाथि झम्टिएका थिए । तर अन्य खेलाडीले दुई जनालाई भिड्नबाट रोके ।

अन्य खेलाडी मैदानमा रहेर अन्य कार्य पूरा गर्दा दुई खेलाडीलाई भने तरुन्त घर पठाइएको थियो । आर्सनलले त्यसपछि तीन दिन छुट्टि दिएकाले मंगलबार मात्र सबै खेलाडी जम्मा भएका थिए । प्रशिक्षक आर्टेटाले दुवै खेलाडीलाई टोलीको अगाडी माफी माग्न लगाएका थिए । त्यसपछि दुवै खेलाडीलाई एक अर्कासँग छलफल गरेर स्थिति ठिक पार्न निर्देशन दिइएको थियो ।

सेबालोस यसअघि पनि आर्सनलका फरवार्ड एडी एनकेटियासँग असहमति राखेपछि भनाभन परेको थियो । लगातर दोस्रो सिजन रियल म्याड्रिडबाट लोनमा आएका उनले यस सिजन भने अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.