default_image

3 years ago

November 22, 2020

बायर्न बराबरीमा रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एलिएन्ज एरिनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । उनले जोसुवा सार्गेन्टको पासलाई सदुपयोग गरेका थिए । त्यसअघि १६औं […]

31 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख घरेलु मैदानमा वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज एरिनामा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । उनले जोसुवा सार्गेन्टको पासलाई सदुपयोग गरेका थिए ।

त्यसअघि १६औं मिनेटमा मिलोट रासिकाको प्रहारलाई म्यानुयल नुयरले बचाए । रिवाउन्डमा केभिन मोवाल्डको प्रहारलाई नुयरले नै उत्कृष्ट बचाउ गरे । २४औं मिनेटमा लियोनार्दाे बिटेनकोरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बायर्न अग्रता लिनबाट चुक्यो ।

३९औं मिनेटमा डगलस कोस्टा र रोबर्ट लेवान्डोस्कीको समन्वयमा किङ्सले कोमानको २० यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ४१औं मिनेटमा लेवान्डोस्कीको ब्याकहिल पासलाई जमल मुसियलाले सदुपयोग गर्न सकेनन् ।

५२औं मिनेटमा कोस्टाको प्रहार क्रसबारमा लाग्दा बायर्न बराबरीबाट चुक्यो । लगत्तै डेभिड अलाबाको पासमा किङ्सले कोमानको प्रहारलाई वेर्डेर ब्रेमेनका गोलरक्षक जिरी पाभेलेन्काले बचाउदै बायर्नको बराबरी टारे ।

६२औं मिनेटमा कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लियोन गोरेट्ज्काको पासलाई गोलमा परिणत गरेका थिए । ६८औं मिनेटमा सर्जी जिनाब्रीको पासमा लेवान्डोस्की चुक्दा बायर्नले खेलमा अग्रता लिने अवसर गुमायो । ८१औं मिनेटमा लेवान्डोस्कीको हेडर पोस्टबाट बाहिरियो ।

८४औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङको गोलको सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बरारीमा टुगिंयो । यो बराबरीसँगै बायर्न ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड र बायर लिभरकुसनको समान १८ अंक छ । ब्रेमेन ११ अंकसहित नवौं स्थानमा रहेको छ ।

अन्य नतिजा:

एर्मेनिया बिलेफिल्डविरुद्ध लिभरकुसन (१–), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध अग्सवर्ग (१–१), साल्केविरुद्ध वल्फ्सवर्ग (०–), होफेनहाइनविरुद्ध स्टुटगार्ट (३–३), फ्रान्कफर्टविरुद्ध आरबी लाइप्जिग (१–१), हर्था बर्लिनविरुद्ध बोरुसिया डर्टमुन्ड (२–)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.