default_image

3 years ago

November 22, 2020

बार्सिलोना २५ वर्षयताकै खराब स्थितिमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जारी सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सिजनको सुरुवातमा नियुक्त भएका प्रशिक्षक रोनाल्ड कोम्यान निकै दबाबमा रहेका छन् । शनिबार एटलेटिको म्याड्रिडको मैदानमा हार बेहोरेपछि बार्सिलोनाले सुरुवाती ८ खेलमा मात्र ११ अंक जोडेको छ । हालसम्म ३ खेलमा जित हासिल गरेको बार्सिलोनाले २ बराबरी गर्दा ३ […]

54 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले जारी सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न सकेको छैन । सिजनको सुरुवातमा नियुक्त भएका प्रशिक्षक रोनाल्ड कोम्यान निकै दबाबमा रहेका छन् ।

शनिबार एटलेटिको म्याड्रिडको मैदानमा हार बेहोरेपछि बार्सिलोनाले सुरुवाती ८ खेलमा मात्र ११ अंक जोडेको छ । हालसम्म ३ खेलमा जित हासिल गरेको बार्सिलोनाले २ बराबरी गर्दा ३ खेलमा हार बेहोरेको छ । उपाधि जित्ने लक्ष्य बोकेको टोलीले अहिले नै ३ खेलमा हार बेहोर्दा समर्थकहरु पनि रुष्ट छन् ।

इतिहास पल्टाउने हो भने यो प्रदर्शन टोलीको इतिहासमा २५ वर्ष यताकै खराब स्थितिमा छ । सन् १९९५/९६ यता टोलीले यति खराब सुरुवात गरेको थिएन । सन् २००२/०३ र २००३/०४ मा पनि टोलीले अपेक्षित सुरुवात गरेको थिएन, तर त्यसबेला टोलीसँग १२ अंक रहेको छ । जम्मा ८ खेल खेल्दा नै ३ हार बेहोर्नुले टोलीको उपाधि सम्भावनामा प्रश्न उठ्न थालेको छ ।

यसै गतिमा अघि बढ्ने हो भने बार्सिलोनाले उपाधि होइन, अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा पनि शंका उत्पन्न हुन्छ । एटलेटिको म्याड्रिड, भिल्लारियल र रियल सोसिडाडले सुधारिएको प्रदर्शन गरिरहँदा रियल म्याड्रिड र बार्सिलोनाको लय खस्कनुले अंक तालिका यसपटक केहि फरक देखिन्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.