default_image

10 years ago

September 7, 2015

संरक्षणको अभावामा पोखरी बन्यो रंगशाला

230 views

0 Bookmark

राजविराज, २० भदौ

राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ ।

पोखरी मा परिणत भएको राज रङशाला

     पोखरीमा परिणत भएको राज रङशाला

रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन ।

२ विघा ७ कठा ४ धुर क्षेत्रफलमा अवस्थीत राज रंगशालामा पानी निकासको उचित ब्यवस्था हुन नसक्दा वर्षायाममा प्रत्येक वर्ष जलमग्न हुने गरे पनि समाधानका लागि कुनै पहल नभएको स्थानिय सरोकार वालाको गुनासो छ ।

प्याराफिट समेत जीर्ण भई जोखिमपूर्ण अवस्थामा पुगेको छ । कराातेका सहायक प्रशिक्षक संजय परियारले जिर्ण प्याराफीट भत्केर दुर्घटना हुन सक्ने औल्याए। सो विषयमा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्लाई गुहारे पनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डल बताउछन् ।

२०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्य बहादुर गुरुङको पालामा निर्माण भएको सो रंगशालाको झण्डै ३ दशक भन्दा बढी समय वितिसक्दा पनि एकपल्ट पनि मरम्मत कार्य हुन सकेको छैन । आर्थिक वर्ष आर्थिक बर्ष २०६८।०६९ देखि लगातार चार पटक रंगशालाको स्तरोन्नतिका लागि योजना बनाए तर केहि हुन नसकेको मन्डल बताएाछन् । राष्ट्रिय खेलकुद परिषद् समक्ष बजेटको माग गरे पनि हालसम्म प्राप्त नभएकाले रंगशालाको दुरावस्था टुलुटुलु हेरेर बस्नु परेको समितिका कार्यालय प्रमुख मण्डलको भनाई छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.