default_image

3 years ago

November 27, 2020

एन्फा र नगरपालिका संघबीच दुई वर्षे सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल बिकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उप–महानगरपालिका तथा नगरपालिकाहरुको छाता संगठनको रुपमा रहेको नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ । एन्फाले शुक्रबार नगरपालिका संघसँग दुई पर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । आवश्यकता अनुसार सम्झौता थप हुने बताईएको छ । सम्झौता पत्रमा […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल बिकासका लागि देशमा छरिएर रहेका महानगरपालिका, उप–महानगरपालिका तथा नगरपालिकाहरुको छाता संगठनको रुपमा रहेको नेपाल नगरपालिका संघसँग सम्झौता गरेको छ ।

एन्फाले शुक्रबार नगरपालिका संघसँग दुई पर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । आवश्यकता अनुसार सम्झौता थप हुने बताईएको छ । सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै नेपाली फुटबल विकासको लागि एन्फा र नगरपालिकाबीच खेलकुद प्रतियोगितासहित विविध कार्यमा सहकार्य हुनेछ । जसमा नगरपालिकाले सात वटै प्रदेशमा अन्तर नगरपालिका तथा नगरपालिका भित्रका क्लब, विद्यालय स्तरमा फुटबल प्रतियोगिताहरु सञ्चालन गर्नको लागि नगरपालिकाहरुबाट खेलाडिहरुको पहिचान र प्रशिक्षण गरी समग्र खेलकुदको विकास गर्नका लागि आवश्यक समन्वय र पहल गर्नेछ ।

फुटबल खेलको बिकासका लागि अत्यावश्यक ग्रास रुट फुटबल (६ बर्ष देखी १२ बर्ष सम्मका बालबालिकाहरु खेल्ने), र प्रतियोगिताहरु संचालन गर्नका लागि नगरपालिकाले अनुमति प्रदान गर्न सम्पुर्ण नगरपालिकाहरुमा समन्वय र सहजिकरण गर्नेछ ।

जिल्ला फुटबल संघहरुलाई आर्थिक अनुदान दिनका लागी नगरपालिकाहरुको बजेट निर्माण, बजेट
बिनियोजनमा नगरपालिकाहरुलाई आवश्यक सल्लाह र पहल गर्नेछ । ‘एक नगरपालिका एक फुटबल मैदान’ को नारा लाई सार्थक तुल्याउन प्रत्येक नगरपालिकाहरुमा फुटबल खेल मैदान निर्माण, मर्मत सम्भार तथा संरक्षण गर्न आवश्यक पहल, समन्वय र सहकार्य गर्नेछ ।

जिल्ला फुटबल संघहरुको फुटवल सम्बन्धी भौतिक पुर्वाधार निर्माण, प्रतियोगिता संचालन, प्रशिक्षण संचालन तथा फुटबल सम्बन्धी गोष्ठी सेमिनार आदिको लागि पहल गर्नेछ । नगरपालिकाहरुले फुटबल खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्दा एन्फा, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) द्वारा प्राप्त अनुदान तथा एन्फाको पूर्व निर्धारित बार्षिक बजेट समेतलाई मध्यनजर गरी नगरपालिका संग समन्वय गरी भौतिक पूर्वाधार निर्माणमा सहयोग प्रदान गर्न सक्नेछ ।

फुटबल खेलमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, रेफ्री आदि सरोकारवालाहरुलाई सम्बन्धित नगरपालिकामा पुरस्कृत गर्नका लागि नितीगत ब्यवस्था र पहल गरिने र नगरपालिका र एन्फाका पदाधिकारी सम्मिलित एक समन्वय समिति गठन गरि समग्र नगरपालिकाहरुमा हुने समग्र फुटबल सम्बन्धि गतिविधिहरुका लागि समन्वय र सहजिकरण गर्ने विषय सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौतापछि नगरपालिकाका अध्यक्ष श्रेष्ठले नेपालमा खेलकुद विकासका लागि यस सम्झौता कोशेढुंगा सावित हुने बताए । एन्फाका अध्यक्ष शेर्पाले फुटबललाई स्थानीय तहसम्म जोड्न यस सम्झौता महत्वपूर्ण हुने बताए । शेर्पाले फुटबल पूर्वाधार निर्माण, प्रतियोगिता लगायत धेरै क्षेत्रमा सहकार्य भएको भन्दै आफुहरु सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.