default_image

3 years ago

November 29, 2020

चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा फ्रान्क लाम्पार्डको टोली टोटेनहमलाई पराजित गर्दे शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गर्ने दाउमा हुनेछ । शीर्षस्थानको लिभरपुलको १० खेलबाट २१ अंक रहेको छ । ९ खेलबाट चेल्सीको १८ […]

63 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा फ्रान्क लाम्पार्डको टोली टोटेनहमलाई पराजित गर्दे शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गर्ने दाउमा हुनेछ । शीर्षस्थानको लिभरपुलको १० खेलबाट २१ अंक रहेको छ । ९ खेलबाट चेल्सीको १८ अंक छ ।

चेल्सीका लागि टिमो वेर्नर नै मुख्य हतियार हुनेछन् । हासकिम जियाच, ट्याम्मी अब्राहम, मासन माउन्ट, एङ्गोलो कान्टे, बेन चिलवेल, थियागो सिल्भा र गोलरक्षक इडुआर्ड मेन्डी टोलीमा रहँदा काई हाभर्टजले टोटेनहमविरुद्ध खेल्ने सम्भावना छ ।

यसबाहेक चेल्सीसँग माटियो कोभासिस, काुर्ट जोउमा, रिस जेम्स, कलुम हड्सन ओडोई, ओलिभर जिरुउड, जर्गिन्हो, कप्तान सेसर एज्पिलिक्वेटा, मार्काेस अलन्सो र एन्टेनियो रुडिगर जस्ता नाम चलेका खेलाडीहरुको साथ छ ।

चेल्सी २० सेप्टेम्वरमा लिभरपुलसँग २–० ले पराजित भएयता १३ खेलमा अपराजित छ । जसमा ८ जित र ५ बराबरीको नतिजा छ । यस्तै २४ अक्टोवरमा म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेलेयता सबै ६ खेलमा चेल्सीले शतप्रतिशत जित निकालेको छ ।

यता, लयमा रहेको टोटेनहम पनि चेल्सीलाई उसकै मैदानमा पराजित गर्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । चेल्सीमाथि जित हात पारे टोटेनहमले शीर्षस्थानमा २ अंकको अग्रता लिनेछ ।

लयमा रहेको दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन, ह्यारी केन, टांगे एनडोम्वेले, स्टेभन वर्गवाइन, पिएरे इमिल होब्जजर्ग, सर्जियो रिगुइलोन, सर्जी औरिएर, भिनिसियस, डेल अली, ग्यारेथ बेल, ह्यारी विङ्स र लुकास मोउरा जस्ता खेलाडीको साथ टोटेनहमलाई रहेको छ ।

अक्टोर २९ मा युरोपा लिगामा रोयल एन्टवेर्पसँग १–० ले पराजित भएयता टोटेनहमले सबै ५ खेलमा शतप्रतिशत जित निकालेको छ । यि दुई टोलीको पछिल्लो २६ खेलको नतिजामा चेल्सीले १३ खेल आफ्नो पक्षमा पारेको छ । ८ खेल बराबरीमा सकिदा ५ खेलमा टोटेनहम विजयी भएको छ ।

अन्य खेल :साउथह्याम्टनविरुद्ध म्यानचेस्टर युनाइटेड (राति (७ः४५ बजे), आर्सनलविरुद्ध वल्भ्स (राति १ः०० बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.