9 years ago
September 17, 2016
आफ्नो ८८ बर्षको इतिहासमा पहिलो पल्ट ला लिगा खेलेको लेगानेस बिरुद्ध बार्सिलोनाले सहज जित निकालेको छ । च्यम्पियन्स लिगमा सेल्टिकसङ खेल्न ७ भन्दा धेरै परिवर्तन गर्दा नवप्रवेशी अलाभेससङ २-१ ले पछी परेको बार्सा , मेस्सी , स्वारेज र नेमार सुरुवाती ११ मा उपस्थित हुँदा ५-१को जित अंगाल्न सफल भएको हो ।

बार्सिलोनाको जितमा मेस्सीले २ , लुइस स्वारेज , नेमार र राफिनाले १-१ गोल गरे । त्यस्तै लेगानेसको लागी गाब्रीयल पिरेसले शानदार फ्री किक मार्फत सान्त्वना गोल प्रधान गर्न सफल भए ।
अर्को खेलमा एथ्लेटिको म्याड्रीडसङ भिड्ने बार्सा हाल ४ खेलमा ९ अंकको साथ अंक तालिकाको शीर्षस्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]