default_image

9 years ago

September 17, 2016

बलियो म्यान्चेस्टर सिटिको लगातार पाँचौ जित

132 views

0 Bookmark

पेप ग्वार्डिवोलाको म्यान्चेस्टर सिटिले इङ्लिश प्रीमियर लिगमा लगातार पाँचौ खेलमा जित हासिल गरेको छ । बोउरमाउथसँगको खेलमा सहज ४-० को नतिजा निकाल्दै सिटिले ५ खेलमा १५ अंक बटुल्दै शिर्ष स्थानमा आफ्नो कब्जा जमाउन सफल भएको छ ।

De Bryune

अग्वेरोको अनुपस्थितिमा केभिन डि ब्र्याइनले गोल गर्दै सिटिलाई खेलमा अग्र्ता दिलाए । त्यस्तै जितलाई सहज बनाउदै सिटिको तर्फ बाट इहेनाचो , रहिम स्टेर्लिङ र ग्वेन्डोगनले थप गोलहरु गरे ।

आर्सनल विजयी

त्यस्तै अर्को खेलमा आर्सनलले हल सिटी बिरुद्ध ४-१को जित नतिजा निकालेको छ । एलेक्सिस स्यान्चेजको २ गोल र जाका र वाल्कटको १-१ गोलको मद्धतले आर्सनलले पुर्ण ३ अंक बटुल्न सफल भएको हो ।

अन्य खेलहरुमा साबिक बिजेता लेस्टरले बर्निलाई ३-० ले पाखा लगायो र वेस्ट ब्रोमले वेस्ट ह्यामलाई ४-२ ले जित्न सफल भयो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.