default_image

3 years ago

December 2, 2020

म्यानचेस्टर सिटी र पोर्टाेको बराबरी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौं राउन्डको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाे र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । घरेलु मैदानमा पोर्टाेले बलियो सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । यो बराबरीले समूह चरणमा कुनै प्रभाव परेन । दुवै टोली यसअघि नै नकआउट चरणमा पुग्न सफल भएका थिए ।समूह […]

18 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौं राउन्डको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाे र इंग्लिस क्लब म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

घरेलु मैदानमा पोर्टाेले बलियो सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । यो बराबरीले समूह चरणमा कुनै प्रभाव परेन । दुवै टोली यसअघि नै नकआउट चरणमा पुग्न सफल भएका थिए ।
समूह ‘सी’ मा शीर्षस्थानमा रहेको सिटीले ५ खेलबाट १३ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पोर्टाेले १० अंक जोडेको छ । ओलम्पियाकोस र मार्सेको समान ३ अंक छ ।

खेलको २२औं मिनेटमा काउन्टर एट्याकमा फिल फोडेनले दिएको पासलाई फेरान टोरेसको प्रहारलाई पोर्टाेका गोलरक्षक मार्चेसिनले उत्कृष्ट टच दिदै गोल टारेका थिए । ३७औं मिनेटमा रहिम स्ट्रलिङको प्रहारलाई गोलरक्षक मार्चेसिन बिट भएको अवस्थामा सानुसीले गोललाइनबाट क्लियर गर्दै सिटीको अर्काे गोल टारे ।

५८औं मिनेटमा फिल फोडेनको पासमा रहिम स्ट्रलिङको प्रहारमा गोलरक्षक मार्चेसिन नै बाधक बन्दा सिटी अग्रता लिनबाट चुक्यो । ७१औं मिनेटमा स्ट्रलिङकै प्रहारलाई मार्चेसिनले विफल पार्दे सिटीलाई निराश पारे ।

८०औं मिनेटमा फिल फोडेनको कर्नरमा रोड्रीले मिलाइदिएको पासमा अनमार्क रहेका इरिक गार्सियाको प्रहारलाई गोलरक्षक मार्चेसिनले उत्कृष्ट बचाउ गरे । लगत्तै गाब्रियल जेससले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा सिटीले अग्रता लिन सकेन ।

यही समूहको अर्काे खेलमा फ्रान्सेली क्लब मार्सेले ग्रीसको ओलम्पियाकोसमाथि २–१ को पूरनरागमन जित हात पारेको छ । मार्सेको जितमा डिमिट्री पायटले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । ओलम्पियाकोसका मोहमेद माडी कामराको गोल सान्त्वना बन्यो ।

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

Success

Thank you for your time.