default_image

3 years ago

December 6, 2020

बार्सिलोना क्याडिजसँग स्तब्ध

48 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा स्तब्ध बनेको छ । बार्सिलोना नव प्रवेशी क्याडिजसँग २–१ ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई स्तब्ध बनाउन क्याडिजका अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियाल म्याड्रिडलाई १–० ले स्तब्ध पारेको थियो ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा क्याडिजले खेलको नवौं मिनेटमा अल्भारो जिमिनेजको गोलबाट अग्रता लिएको थियो । कप्तान जोन्सनको कर्नरमा पेरेयाको फ्लिक हेडरलाई बार्सिलोनका डिफेन्डर मिग्वेजाको लो हेडरलाई आत्मघाती गोलतर्फ अघि बढ्दा गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउने प्रयास गरेपनि जिमिनेजले जाली चुमाएका थिए ।

जिमिनेजको गोललाई भिएआरले दुईपटक चेक गरेपनि उनको गोलले मान्यता पाउन सफल भएको थियो । १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा सर्जिनो डेस्टको लो क्रस बललाई एन्टोइन ग्रिजमनले भेट्टाउन नसक्दा बार्सिलोना बराबरीबाट चुक्यो ।

१७औं मिनेटमा मेस्सी र मार्टिन ब्रेथवेटका समन्वयमा बनेको मुभमा गोलरक्षक लिडेस्मा बाधक बने । २६औं मिनेटमा मेस्सीको प्रहारलाई गोलरक्षक लिडेस्माले विफल तुल्याए । ५०औं मिनेटमा पेड्री र ब्रेथवेटको समन्वयमा मेस्सीको प्रहारलाई गोलरक्षक लिडेस्मा नै बाधक बन्दा क्याडिजले अग्रता जोगाइराख्न सफल भयो ।

५७औं मिनेटमा पेड्रो एलकालाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । मेस्सीको पासमा जोर्डी अल्वाको क्रस एलकालाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । ६३औं मिनेटमा क्लेमेन्ट लेङलेट र गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तीमा अल्भारो नेग्रेडोले गोल गर्दै क्याडिजले पुनः २–१ को अग्रता लिन सफल भयो ।

अल्वाको थ्रु पासलाई लेङलेटले नियन्त्रणमा लिन नसक्दा स्टेगनले अघि बढ्दै क्लियर गरेपनि नेग्रेडोलाई लागेपनि उनले नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा कप्तान मेस्सीको करिव २५ यार्ड टाढाको प्रहार क्रसबारबाट थोरै बाहिरिदा बार्सिलोना बराबरीबाट चुक्यो ।

७३औं मिनेटमा सर्जियो बुस्क्वेट्सको पासमा सर्जिनो डेस्ट गोल गर्नबाट चुके । ८२औं मिनेटमा नेग्रेडोको प्रहारलाई टेर स्टेगनले बचाए । ८४औं मिनेटमा औसमाने डेम्वेलेको क्रसलाई फाली क्लियर गर्न नसक्दा ग्रिजमनले गरेको प्रहारलाई लेडेस्माले बचाए । ८६औं मिनेटमा मेस्सीकै प्रहारलाई ब्लक गर्दै बार्सिलोनालाई निराश पारे ।

यो जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लदा बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ । बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १२ अंकले पछि परिसकेको छ । एट्लेटिकोको १० खेलबाट २६ अंक पुगेको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.