default_image

3 years ago

December 12, 2020

म्याड्रिड डर्बीमा रियल र एट्लेटिको भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति दुई शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल एट्लेटिकोलाई पराजित गर्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ । ला लिगामा औसतको प्रदर्शन गरिरहेको रियल ११ खेलबाट […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति दुई शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिड र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल एट्लेटिकोलाई पराजित गर्दै शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ ।

ला लिगामा औसतको प्रदर्शन गरिरहेको रियल ११ खेलबाट २० अंक जोडेर चौथो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको एट्लेटिकोको २६, रियल सोसिडाडको २५ तथा भिल्लारियलको २१ अंक रहेको छ । एट्लेटिकोमाथि जित निकाल्न सके रियाल तेस्रो स्थानमा उक्लदै शीर्षस्थानमा रहेको एट्लेटिकोसँगको अंक दुरी ३ अंकमा झार्नेछ ।

पछिल्लो दुई खेलमा जित निकाल्दै आफ्नो लयमा फर्किने संकेत दिएको रियल एट्लेटिकोलाई पनि हराउने दाउमा हुनेछ । रियालसँग बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध दुई गोल गरेका फरवार्ड करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोएस, मार्काे एसेन्सियो, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फर्लान्ड मेन्डी, कप्तान सर्जियो रामोस, राफयल भरान र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

चोटपछि ड्यानी कार्भाहल र फेडरिको भाल्भेर्डेले पूनरागमन गर्न सक्दा टोलीसँग इस्को, लुकास भास्क्वेज र मार्सेलोपनि टोलीसँग रहेको छ । चोटका कारण इडेन हाजार्ड, लुका जोभिक र मारियानो डियाज टोलीसँग हुने छैनन् ।

यता ला लिगामा अपराजित एक्लो टोली एट्लेटिको मड्रिड पनि रियाललाई उसकै मैदानमा स्तब्ध पार्दै आफ्नो शीर्षतामा थप पकड बनाउने दाउमा हुनेछ । शीर्षस्थानमा रहेको एट्लेटिको रियललाई हराउदै आफ्नो शीर्षता थप पकड बनाउने लक्ष्यमा हुनेछ । रियललाई हराए एट्लेटिको शीर्षस्थानमा रियल सोसिडाडलाई ४ अंकले पछि पार्नेछ ।

टोलीसँग जोआओ फेलिक्स, लुइस सुआरेज, यान्निक कारास्को, सउल निग्वेज, कोकी, मार्काेस लोरेन्टे, रेनन लोडी, फिलिपे, स्टेफान साभिक, किरिएन ट्रिपिएर र गोलरक्षक जान ओब्लाको साथ रहेको छ । यस्तै मारियो हार्माेसो, एन्जेल कोरेए र लेमार पनि टोलीसँग रहेको छ ।

ला लिगाको उपाधिको यात्राको लागि दुवै टोलीलाई यो खेल निकै महत्वपुर्ण छ । त्यसैले दुवै टोली ३ अंककै लागि मैदान उत्रनेछ । यि दुई टोलीको पछिल्लो ३८ खेलको नतिजा हेर्दा रियाल १६ खेलमा विजयी हुदा एट्लेटिकोले १० खेल आफ्नो पक्षमा पारेको छ । १२ खेल बराबरीमा सकिएको छ ।

रियल पछिल्लो तीन खेलमा एट्लेटिकोसँग अपराजित रहेको छ । रियल सोही अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा एट्लेटिको रियलको यात्रामा पूर्णविराम लागाउने लक्ष्यमा हुनेछ ।

अन्य खेल

भ्यालेन्सियाविरुद्ध एथलेटिको विल्वाओ (साँझ ६ः४५ बजे), गेटाफेविरुछ सेभिया (राति ९ः०० बजे), हुएस्काविरुद्ध एलाभेस (राति ११ः१५ बजे)

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.