default_image

3 years ago

December 12, 2020

म्यानचेस्टर युनाइटेड र सिटी खेल्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुदैछ । म्यानचेस्टर डर्वीको खेल आज राति हुदा चेल्सीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । म्यानचेस्टर डर्वी राति ११ः१५ बजे युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा हुनेछ । अंक तालिकाको सातौ र आठौं स्थानमा रहेको दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगबाट […]

31 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुदैछ । म्यानचेस्टर डर्वीको खेल आज राति हुदा चेल्सीले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

म्यानचेस्टर डर्वी राति ११ः१५ बजे युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा हुनेछ । अंक तालिकाको सातौ र आठौं स्थानमा रहेको दुवै टोली जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

च्याम्पियन्स लिगबाट बाहिरिसकेको युनाइटेड घरेलु मैदानमा सिटीलाई हराउने लक्ष्यमा हुनेछ । टोलीसँग ब्रुनो फर्नान्डेस, मार्कुस रासफोर्ड, मासन ग्रीनवुड, पल पोग्वा, नेमान्जा माटिच, स्कट म्याकटोमिने, एलेक्स टेलास, भिक्टोर लिन्डेलफ, आरोन वान बिशाखा र गोलरक्षक डेभिड हे गेया हुनेछ ।

टोलीसँग लुका सा, ह्यारी मिगुएर, डोनी भान डि विक र ब्रान्डन विलियम्स पनि रहेको छ । यता, पछिल्लो पाँच खेलमा अपराजित रहेको सिटी पनि युनाइटेडलाई उसकै मैद्यानमा हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग रहिम स्टर्लिङ, गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन, रोड्री, केभिन डि ब्रुयन, बेन्जामिन मेन्डी, जोन स्टोन्स, रुवेन डियास, केएल वाल्कर र गोलक्षक इडर्सन मोराएस टोलीमा हुनेछ ।

इरिक गार्सिया, फेरान टोरेस, बर्नाडो सिल्भा, फर्नाडिन्हो, इल्केए गुन्डोगान, इरिक गार्सिया, एमेरिक लापोर्ट, नाथन एके पनि टोलीसँग रहेको छ ।

सिटीलाई हराउन सके युनाइटेड चौथो स्थानमा उक्लनेछ । सिटीले पनि युनाइटेडलाई हराउन सके लेस्टरसँग अंक बराबरी गर्दै गोल अन्तरमा चौथो स्थानमा उक्लनेछ ।

यि दुई टोलीको पछिल्लो २७ खेलको नतिजा हेर्दा दुवै टोली समान १२ जित निकालेको छ । ३ खेल बराबरीमा सकिएको छ । गत सिजन यि दुई टोलीले समान १ जित निकालेका थिए । त्यसैले यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.