default_image

3 years ago

December 12, 2020

‘एट्लेटिको ला लिगा उपाधिको दाबेदार’- जिदान

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला लिगा उपाधिका लागि सहरी प्रतिद्वन्द्वि एट्लेटिको म्यड्रिड सबैभन्दा बलियो दाबेदार रहेको बताएका छन् । जारी सिजनमा एट्लेटिको प्रदर्शनका आधारमा जिदानले यस्तो देखिने बताएका छन् । म्याड्रिड डर्बीमा शनिबार रियलले एट्लेटिकाको स्वागत गर्दैछ । अहिले एट्लेटिको लिगको शीर्ष स्थानमा छ भने रियल चौथो स्थानमा छ । आज हुने […]

22 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ला लिगा उपाधिका लागि सहरी प्रतिद्वन्द्वि एट्लेटिको म्यड्रिड सबैभन्दा बलियो दाबेदार रहेको बताएका छन् । जारी सिजनमा एट्लेटिको प्रदर्शनका आधारमा जिदानले यस्तो देखिने बताएका छन् ।

म्याड्रिड डर्बीमा शनिबार रियलले एट्लेटिकाको स्वागत गर्दैछ । अहिले एट्लेटिको लिगको शीर्ष स्थानमा छ भने रियल चौथो स्थानमा छ । आज हुने खेलमा एट्लेटिको विजयी भएमा रियलसँगको अंक अन्तर ९ को हुनेछ ।

‘पक्कै । मलाई विश्वास छ ,’ ला लिगा उपाधिका लागि एट्लेटिको दाबेदार हो भन्ने प्रश्नमा जिदानले भने, ‘अहिले मैदानमा जे देखिएको छ । त्यसका आधारमा उनीहरु दोबदार हुन् । उनीहरुले राम्रो गरिरहेका छन् । सधै प्रतिस्पर्धात्मक रहने टोली अहिले शीर्षस्थानमा छ ।’

उनले रियल र एट्लेटिको बीचको खेल सधै उत्साहजनक हुने र यादगार हुने बताएका छन् । ‘हामी हरेक खेलमा कस्तो टोली हौं देखाउन चाहन्छौं । ला लिगाका उपाधिका बारेमा अहिले सोचेका छैनौं,’ जिदालने भने, ‘हामी हरेक खेल जित्न चाहन्छौं र त्यसका लागि प्रतिस्पर्धा गर्नेछौं ।’

मार्कोस लोरेन्टे एट्लेटिको जर्सीमा रियलको मैदानमा उत्रदैछन् । मिडफिल्डमा भन्दा उनले एट्लेटिकोमा सेकेन्ड स्ट्राइकरका रुपमा प्रभाव जमाइरहेका छन् । उनका बारेमा प्रश्न गर्दा जिदानले त्यसमा आफूलाई आश्चार्य नलागेको बताएका छन् । उनले भने, ‘उनी माथिल्लो स्तरका खेलाडी हुन् । उनी अहिले अर्को टोलीका लागि खेलिरहेका छन् । न कि रियलका लागि । उनी स्तरीय खेलाडी हुन् । उनका लागि म खुसी छु ।’

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमिओनिसँगको तुलनाबाट जिदान बच्न खोजे । उनले हरेक प्रशिक्षकको आ आफ्नो शैली हुने बताए । ‘म उनी जस्तो वा अरु म जस्तो हुदैनन् ,’ उनले भने, ‘म जति बेला प्रशिक्षण गर्छु । हरेकलाई जस्तो छौं त्यस्तै हुन सल्लाह दिन्छु । सिमवन राम्रो प्रशिक्षक हुन् । म जति सक्छु आफ्नो काम गर्ने कोशिस गर्छु ।’

इस्कोले धेरै मौका नपाएका कारण उनी जनवरीमा सुरुवा हुने सम्भावना रहेको अनुमान गरिएको छ । लुइस इन्रिकेको स्पेनिस टोलीमा फर्कन पनि उनले अर्को क्लबको बाटो रोज्नु पर्ने अवस्था देखिएको छ । जिदानले भने पहिलो रोजाईका लागि निर्णय लिन निकै कठीन हुने बताएका छन् ।

‘म बुझ्छु । इस्कोले धेरै समय पाएका छैनन् ,’ उनले भने, ‘तर अवस्था यस्तै छ । हामीसँग धेरै राम्रा खेलाडी छन् । त्यसैले टोली छान्न सधै एउटा प्रशिक्षकलाई कठीन हुन्छ ।’ अन्तमा उनले एटलेटिको विरुद्ध फेडे भाल्भार्डे र डानी कार्भाजाल उपलब्ध हुने बताएका छन् । ‘ उनीहरु हामीसँग हुनेछन्,’ उनले भने, ‘उनीहरुले सामान्य रुपमै अभ्यास गरे । उनीहरु टोलीमा छन् ।’

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.