default_image

3 years ago

December 12, 2020

दबाबमा बार्सिलोनाका प्रशिक्षक र खेलाडी

एजेन्सी – यो सिजन बार्सिलोना ला लिगामा संघर्ष गरिरहेको छ । त्यति मात्र होइन च्याम्पियन्स लिगको समूह चरणमा पनि टोली उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो । टोलीलाई लयमा फर्काउना ठूलो रकम खर्चनु पर्ने देखिएको छ । यद्दपी प्रशिक्षक रोनाल्ड कोम्यान अहिलेको खराब नतिजाबाट कसरी सफलतामा फर्कन सकिन्छ भन्ने खोजीमा पक्कै रहनेछन् । कतिपय […]

21 views

0 Bookmark

एजेन्सी – यो सिजन बार्सिलोना ला लिगामा संघर्ष गरिरहेको छ । त्यति मात्र होइन च्याम्पियन्स लिगको समूह चरणमा पनि टोली उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको थियो । टोलीलाई लयमा फर्काउना ठूलो रकम खर्चनु पर्ने देखिएको छ ।

यद्दपी प्रशिक्षक रोनाल्ड कोम्यान अहिलेको खराब नतिजाबाट कसरी सफलतामा फर्कन सकिन्छ भन्ने खोजीमा पक्कै रहनेछन् । कतिपय खेलाडीले भने सोचे भन्दा कमजोर प्रदर्शन गरिरहेका छन् ।
खेलाडी बाहेक अरु कसको कमजोरी हुन सक्दछ ।

‘ जो खेल्छ उसकै कमजोरी हुन्छ,’ युभेन्ट्ससँग च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएपछि एन्टोइन ग्रिजमनले भनेका थिए,’ हामीलाई थाहा छ कसरी मेहनत गर्नु पर्छ र दौडनुपर्छ भन्ने, हरेक दिन त्यसकै अपेक्षा गरिन्छ ।’

कप्तान लिओनल मेस्सी र ग्रिजमन दुवैले यो सिजन अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै आलोचनाको सामना गर्नुपरेको छ । दुवैले खेलमा मेहनत गरेको देखिएपनि त्यसले टोलीलाई हरेक खेलमा सफलता मिलेको छैन ।

ला लिगामा यो सिजन टोलीले ४ हार बेहोरिसकेको छ । फिलिप्पे काउटिन्हो, फ्रेन्की डि जोङ, ओसमाने डेम्बेले, मिरालिम प्यानिच र फ्रान्सिस्को ट्रिनकाउ जस्ता खेलाडीले पनि अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् ।

ब्राजिलियन अन्तर्राष्ट्रिय मिडफिल्डका टोलीको नेतृत्वको सम्हाल्ने अपेक्षा गरिएको थियो । तर, १८ वर्षे पेड्रीको भन्दा काउटिन्होको प्रदर्शन कमजोर रहँदै आएको छ । सन् २०१८ मा १ सय ५० मिलियन युरोमा उनी लिभरपुलबाट बार्सिलोनामा पुगेका थिए ।

क्लबको इतिहासमा सर्वाधिक महँगो खेलाडीका रुपमा बार्सिलोना पुगेका काउटिन्होले यो सिजन १० खेलमा ३ गोल र २ असिस्ट गरेका छन् । गत सिजन उनी लोनमा बायर्न म्युनिखमा थिए । त्यस्तै आयक्सबाट फर्केका डि जोङ पनि अपेक्षा अनुसार खरो उत्रन सकेका छैनन्।

यसबाट प्रष्ट हुन्छ टोलीले यो सिजन सोचे अनुरुप गर्न सकिरहेको छैन । यस्तोमा मेस्सी र ग्रिजमनबाट पक्कै पनि घरेलु प्रतियोगिता र युरोपियन प्रतियोगितामा उच्च प्रदर्शनको अपेक्षा गरिन्छ नै । यस्तोमा टोलीले आइतबार ला लिगामा लेभान्टेको सामना गर्दैछ । कोम्यानले आशा गरेका हुन सक्छन् टोलीको पुरानै लयमा फर्कनका लागि त्यो एउटा महत्त्वपूर्ण खेल हुन सक्छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.