default_image

3 years ago

December 13, 2020

म्याड्रिड डर्बीमा रियलको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले २-० को जपत दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड जमाएको रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगायो । रियल […]

53 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा रियलले २-० को जपत दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड जमाएको रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लगायो ।

रियल खेलको नवौं मिनेटमा नै अग्रता लिनबाट चुकेको थियो ‌। करीम बेन्जेमाको प्रहार पोस्टमा लाग्दा खेल गोलरहित रह्यो । त्यसको ६ मिनेटपछि नै रियल खेलमा अगाडि बढ्यो ‌। टोनी क्रुसको कर्नरमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै एट्लेटिकोको कमजोर डिफेन्सलाई उदांगो पारे ।

लिगमा रक्षात्मक रणनीतिका लागि प्रख्यात एट्लेटिको १ घण्टा बिते लगत्तै दोस्रो हाफमा २-० ले पछि पर्यो । क्रुसको फ्रिकिक क्लियर भएपछि ड्यानी कार्भाहलले २५ यार्ड टाढाबाट शक्तिशाली प्रहार गरे । उक्शत प्रहार पोस्टमा लाग्दै गोलरक्षक अोब्लाकको ढाडमा लागेर गोल भएको थियो ।

यस हारका बाबजुद एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिकोेले ११ खेलमम २६ अंक जोडेको छ । रियल भने १२ खेलमा २३ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.