default_image

3 years ago

December 13, 2020

चेल्सी एभर्टनसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी एभर्टनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ । सेप्टेम्वरमा प्रिमियर लिगमै लिभरपुलसँग २–० ले पराजित भएयता चेल्सी १७ खेलसम्म अपराजित रहेको थियो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध […]

25 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी एभर्टनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

यससँगै चेल्सीको १७ खेलपछि अपराजित यात्रामा पुर्णविराम लागेको छ । सेप्टेम्वरमा प्रिमियर लिगमै लिभरपुलसँग २–० ले पराजित भएयता चेल्सी १७ खेलसम्म अपराजित रहेको थियो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध पार्न गिल्फी सिगुर्डसनले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

सिगुर्डसनले खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पेनाल्टी बक्समा गोलरक्षक इडुआर्ड मेन्डीले डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि रेफ्रीले एभर्टनलाई पेनाल्टी प्रदान गरेको थियो ।

२७औं मिनेटमा चेल्सी बराबरीबाट चुक्यो । बेन चिलवेलको फ्रिकिकमा ओलिभर जिरुउडले छाडेको बललाई कोर्ट जोउमाले गरेको प्रहार गोलरक्षक जोर्डन पिकफोर्डले सहजै बचाए ।
४०औं मिनेटमा एभर्टन अग्रता दोब्बर पार्नबाट चुक्यो । काउन्टर एट्याकमा एलेक्स इओवीको पासमा सिगुर्डसनले मिलाईदिएको पासलाई रिचार्लीसनले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफको शुरुमै चेल्सी बराबरीबाट चुक्यो । मासन माउन्टको प्रहारमा गोलरक्षक भाग्यमानी बने । माउन्टको प्रहार पिकफोर्डले बचाउने प्रयास गरेपनि पोस्टनजिकैबाट बाहिरिएको थियो ।
६३औं मिनेटमा बिन चिलवेलले पेनाल्टी बक्समा लेविनलाई लडाएको भन्दै एभर्टनले फल अपिल गरेपनि भिएआरले मान्यता दिएन ।

८१औं मिनेटमा मासन माउन्टको प्रहार पोस्टमा लाग्दा चेल्सी पुनः बराबरीबाट चुक्यो । ८४औं मिनेटमा ओलिभर जिरुउडको प्रहार बाहिरिदा चेल्सी स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै चेल्सीले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । शीर्षस्थानको टोटेनहम र लिभरपुलको समान २४ अंक छ । चेल्सी २२ अंकसहित तेस्रो स्थानमा यथावत छ । एभर्टन २० अंकसहित सातौ स्थानमा उक्लिएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.