default_image

3 years ago

December 13, 2020

म्यानचेस्टर ‘डर्वी’ बराबर

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बनेको हो । खेलको ११औं मिनेटमा लुका साको कर्नरमा भिक्टोर लिन्डेलफको फ्लिक गरेको बललाई […]

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वी म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बनेको हो ।

खेलको ११औं मिनेटमा लुका साको कर्नरमा भिक्टोर लिन्डेलफको फ्लिक गरेको बललाई स्कट म्याकटोमिनेले गरेको प्रहार बाहिरिदा युनाइटेड अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा रियाद महारेजको पासमा गाब्रियल जेससको प्रहार क्रसबारमा लागेर बाहिरिदा सिटीले अग्रता लिन सकेन ।

३५औं मिनेटमा जेससको पासमा केभिन डि ब्रुयनले मिलाइदिएको पासलाई रियाद महारेजले गरेको प्रहारलाई युनाइटेडक गोलरक्षक डेभिड हे गेयाले सहजै बचाए । ४७औं मिनेटमा केएल वाल्करले पेनाल्टी बक्समा मार्कुस रासफोर्डलाई फल गरेको भन्दै युनाइटेडले पेनाल्टी अपिल गरेपनि भिएहारबाट मान्यता पाएन ।

६८औं मिनेटमा जेससकै पासमा केभिन डि ब्रुयनको प्रहारलाई युनाइटेडका डिफेन्डरले कुनै खतरा हुन दिएन । ८८औं मिनेटमा एन्थोनी मार्सियलको पासमा ब्रुनो फर्नान्डेसको प्रहारलाई सिटीका गोलरक्षक इडर्सन मोराएसले बचाउदै खेललाई गोलरहित बराबरीमा सकाए ।

यो बराबरीसँगै युनाइटेड २० अंक जोडेर आठौं स्थानमा रहँदा सिटी १९ अंकसहित नवौं स्थानमा रहेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.