default_image

3 years ago

December 13, 2020

बायर्न रोकिँदा डर्टमुन्डको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिँदा बोरुसिया डर्टमुन्डले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा बायर्न युनियन बर्लिनसँग उसकै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली युनियन बर्लिनका ग्रिस्चा पोर्मेलले गोल गर्दा बायर्नका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए । खेलको चौथो मिनेटमा नै ग्रिस्चा […]

25 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिँदा बोरुसिया डर्टमुन्डले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा बायर्न युनियन बर्लिनसँग उसकै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली युनियन बर्लिनका ग्रिस्चा पोर्मेलले गोल गर्दा बायर्नका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा नै ग्रिस्चा पोर्मेलले क्रिस्टोफोर ट्रिमेलको पासमा गोल गर्दै युनियन बर्लिनलाई अग्रता दिलाएका थिए । तर, बायर्नका लेवान्डोस्कीले ६७औं मिनेटमा किङ्सले कोमानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो । यो बराबरीले बायर्न ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान २४ अंक नै रहेपनि आरबी लाइप्जिग गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । युनियन बर्लिन १७ अंकसहित छैटौ स्थानमा छ ।

यस्तै बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको छ । चोटका कारण एर्लिङ हालान्डको अनुपस्थितिमा खेलमा डर्टमुन्ड कमजोर सावित भयो ।

डर्टमुन्डलाई फराकिलो हार चखाउन स्टुटगार्टका सिलास वामांगीटुका फुन्डुले दुई तथा फिलिप फोर्सटर, टांगी काउलेवेली र निकोलस गोन्जालेजले गोल गरे । डर्टमुन्डका जियोभानी रेनाले एक गोल फर्काए । उनको एक गोलले भिएआरबाट मान्यता पाएन ।

यो हारसँगै डर्टमुन्ड १९ अंक जोडेर पाँचौ स्थानमा झर्दा स्टुटगार्ट १७ अंक जोड्दै सातौ स्थानमा रहेको छ ।

अन्य नतिजा

होफेनहाइनविरुद्ध अग्सवर्ग (–१), वल्फ्सवर्गविरुद्ध फ्रान्कफर्ट (–१), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध हर्था बर्लिन (१–१), फ्रेइवर्गविरुद्ध अर्मेनिया (२–०), मेइन्जविरुद्ध कोल्न (०–१), आरबी लाइप्जिगविरुद्ध वेर्डर ब्रेमेन (–०)

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.